निर्वाचन क्षेत्रलाई १२ अर्ब माग

३ असार २०७१, मंगलवार ०७:११ मा प्रकाशित

काठमाडौं, ३ असार । सभासदहरुले निर्वाचन क्षेत्रका लागि कम्तीमा ५ करोड विकास बजेट दिन संसदमा लबिङ सुरु गरेका छन्। प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोडका दरले रकम विनियोजन गर्दा १२ अर्ब रुपैयाँ खर्च हुन्छ।

सभासदहरुले यसअघि १० लाख छुट्ट्याइँदै आएको निर्वाचन क्षेत्र विकास कोषलाई प्रत्येक क्षेत्रलाई घटीमा ५ करोड विकास बजेट दिन माग गरेका छन् ।

व्यवस्थापिका संसद बैठकमा जारी बजेटपूर्वको छलफलमा सहभागी हुँदै पूर्वमन्त्री तथा सभासदहरुले प्रत्येक निर्वाचन क्षेत्रमा विकासका लागि ५ करोड बजेट छुट्ट्याउन माग गरेका हुन्।

उनीहरुले सन् २०२२ सम्म नेपाललाई अल्पविकसितबाट विकासशील देशमा लैजाने लक्ष्य राख्नु स्वाभाविक भए पनि त्यसका लागि पर्याप्त विदेशी लगानीको वातावरण बनाउन माग गरे।

‘स्थानीय तहको विकास नहुँदासम्म मुलुकको विकास हुन सक्दैन,’ एमाले नेता एवं पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले भने, ‘त्यसका लागि प्रत्येक निर्वाचन क्षेत्र विकासका लागि ५ करोड छुट्ट्याउनुपर्छ।’

व्यवस्थापिका संसदमा अर्थमन्त्री रामशरण महतले प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकतामाथि धारणा राख्दै अधिकारीले आर्थिक विकासका लागि सबै दलको धारणा एउटै बन्नुपर्ने बताए। उनले बजेट बनाउँदा व्यापारघाटा कम गर्ने खालको हुनुपर्ने औंल्याए। नागरिक दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

जाजरकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग

कञ्चनपुर । बेलौरी नगरपालिका–६ भुरकोटकी एक महिलाले फरुवा प्रहार गरी आफ्नै श्रीमान्को हत्या गरेकी छन् । आज बिहान २८ वर्षीया

काठमाडौं । प्रतिसनिधिसभा विघटनको मुद्दालाई सर्वोच्च अदालतको संवैधानिक इजलासले आज हेर्दाहेर्दैको पेसीमा राखेको छ । फैसला दिन ढिलाई हुँदा अदालत

म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा पर्ने धार्मिक पर्यटकीय स्थल मालिका धुरी जोड्ने पदमार्ग निर्माण भएको छ । गण्डकी प्रदेश