सहमतिको मस्यौदा तयार पार्न कार्यदलको बैठक जारी

३ जेष्ठ २०६९, बुधबार ०८:५० मा प्रकाशित

काठमाडौ, ३ जेठ । संविधान निर्माणका क्रममा देखिएका मुख्य विवादहरूमा दलहरूबीच भएको सहमतिको मस्यौदा तयार पार्न गठन गरिएको कार्यदलको बैठक अहिले बसिरहेको छ ।  सिंहदरबारमा रहेको राज्य व्यवस्था समितिको कार्यालयमा जारी बैठकमा दलहरूबीच भएको सहमतिलाई संवैधानिक भाषा दिएर अन्तिम रुप दिने विषयमा छलफल हुने कार्यदलका सदस्य रमेश लेखकले जानकारी दिनुभयो । हिजो बसेको विवाद समाधान उपसमितिको बैठकले सहमतिको मस्यौदा तयार पार्न सात सदस्यीय कार्यदल गठन गरेको थियो कार्यदलमा काङ्ग्रेसका रमेश लेखकसहित एकीकृत नेकपा माओवादीका वर्षमान पुन, खिमलाल देवकोटा, काङ्ग्रेसका राधेश्याम अधिकारी, नेकपा एमालेका भीम रावल, अग्नी खरेल र साना दलको तर्फबाट कल्पना राणा रहनुभएको छ ।
कार्यदलले शासकीय स्वरूप, राज्यपुनर्संरचना, न्याय प्रणाली, निर्वाचन प्रणालीलगायतका विषयमा दलहरूबीच भएको सहमतिलाई अन्तिम रूप दिंदै मस्यौदा तयार पारी आजै दिउँसो २ बजेपछि बस्ने उपसमितिको बैठकमा प्रस्तुत गर्नेछ । कार्यदलले प्रस्तुत गरेको सहमतिको मस्यौदालाई उपसमितिले थप छलफलगरी अन्तिम रूप दिने छ । त्यसपछि भोलि बस्ने संवैधानिक समितिको बैठकमा प्रस्तुत गरिने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली काँग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले सिट संख्या बढाउन गठबन्धन आवश्यक भएको निष्कर्ष निकालेको छ ।

फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले बिहीबार मनिला शहरमा हजारौं मानिसहरूका बीच फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन्। मार्कोस

एजेन्सी । दोस्रो विश्वयुद्धमा जापानी फौजलाई आच्छुआच्छु पारेर राष्ट्रपतिबाट सर्वोच्च पदक पाएका हर्शेल डब्ल्यू विलियम्सको ९८ वर्षको उमेरमा मृत्यु भएको

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि आरजु केही दिनयता