समायोजन गरिएका दश विद्यालयमा समुदायबाटै विरोध

२ असार २०७१, सोमबार १६:३६ मा प्रकाशित

प्यूठान, २ असार । समुदायको अगुवाइमै सञ्चालन गरिएका सामुदायिक विद्यालयको एक अर्कामा समायोजन गरिएको भन्दै समुदायबाटै विरोध गरिएको छ ।
विद्यार्थी सङ्ख्या कम भएका तथा नजिकै अर्को विद्यालय भएका १० विद्यालयको जिल्ला शिक्षा कार्यालयले पहिलो चरणमा समायोजन गरेको थियो ।
समुदायको भावना र वस्तुगत यथार्थविपरीत विद्यालयको समायोजन गरिएको भन्दै समायोजन गरिएका सबै विद्यालयले फिर्ताको लागि दबाब सिर्जना गर्नसमेत सुरु गरेका छन् ।
विद्यार्थी सङ्ख्या कम भएका र नजिकै अर्को विद्यालय भएका १० विद्यालयको समायोजन गरिएको जिल्ला शिक्षा अधिकारी अणप्रसाद न्यौपानेले बताए ।
जिल्ला शिक्षा समिति, पेसागत शिक्षक सङ्गठन तथा समुदायको सहमतिमै विद्यालयको समायोजन गरिएको बताइएको छ ।
समायोजन गर्दा विद्यार्थीलाई विद्यालयसम्म पुग्न पहिलेको तुलनामा केही धेरै समय लाग्ने भए पनि समायोजन प्रक्रियाले गुणस्तरीय शिक्षाका लागि महत्वपूर्ण योगदान दिने शिक्षक युनियनका अध्यक्ष बलबहादुर महतराले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव

गलकोट । बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद