तीन दलवीच भएको सहमतिको मस्यौदा बनाउन उपसमितिद्धारा कार्यदल गठन

२ जेष्ठ २०६९, मंगलवार २०:५५ मा प्रकाशित

काठमाडौ, २ जेठ । विवाद समाधान उपसमितिले तीन दलवीच आज भएको सहमतिलाई कानूनी रुपमा भाषा मिलाई मस्यौदा तयार पार्न ७ सदस्यीय कार्यदल गठन गरेको छ ।
कार्यदलमा माओवादीका तर्फबाट  खिमलाल देबकोटा, वर्षामान पुन, काग्रेसका तर्फबाट राधेश्याम अधिकारी, रमेश लेखक, एमालेका तर्फबाट भीम रावल र अग्नी खरेल, राप्रपाको तर्फबाट कल्पना राणा सदस्य रहेका छन् । कार्यदलले सहमतिलाई कानूनी भाषमा मिलाई मस्यौदा तयार पारेर पेश गर्ने छ ।
कार्यदलमा मधेसी मोर्चाको तर्फबाट लक्ष्मणलाल कर्णको नाम प्रस्ताव गरे पनि उनले मोर्चाको आजको सहमति प्रति असहमति कायम रहेकोले कार्यदलमा नबस्ने भन्दै बहिस्कार गरेका थिए ।
यसैवीच मधेसी मोर्चाले आज भएको तीन दलवीचको सहमतिप्रति असन्तुष्ठि प्रकट गर्दै सो सहमति आफूहरुकालागी अमान्य रहेको स्पष्ट पारेको छ । मोर्चाले पहिचान बेगरको संघीयता आफूहरुलाई मान्य नहुने भन्दै त्यसका विरुद्ध आन्दोलन समेत गर्ने बताएको छ । उसले विभिन्न दलमा रहेका आदीबासी, जनजाती, मधेसी, मुस्लिम समूदायलाई आन्दोलनमा एक्यबद्धताकोलागी आब्हान समेत गरेको छ ।
यसैवीच तीन दलको सहमति विरुद्ध आन्दोलनकालागी आब्हान गर्दै आजै माओवादीको बैद्य समूह, एमाले र काग्रेसका आदीवासीजनजाती र मधेसी नेताहरुसँग छलफल समेत गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले