शुल्क वृद्धि गर्नेमाथि कारबाही गर्न प्रम कार्यालयको निर्देशन

२ असार २०७१, सोमबार २१:२० मा प्रकाशित

काठमाडौं, २ असार । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आफूखुसी शुल्क लिने निजी विद्यालयमाथिको कारबाहीको विवरण सार्वजनिक गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।
शिक्षा विभागले उच्चस्तरीय अनुगमन समितिको सिफारिशका आधारमा गत जेठ २२ गते शुल्क वृद्धि गर्ने निजी विद्यालय, ती विद्यालयका निरीक्षक र स्रोत व्यक्तिसमेतलाई कारबाही गर्ने निर्णय गरेको थियो ।
वृद्धि भएका शुल्क हालसम्म फिर्ता नभएको र कुनै कारबाही नभएको तथा सामुदायिक विद्यालयमा पनि शुल्क लिइरहेको भन्ने गुनासाका आधारमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सरोकारवालासँगको बैठक आयोजना गरी यस्तो निर्देशन दिएको हो ।
कार्यालयका सचिव शान्तराज सुवेदीले कारबाहीको यथार्थ विवरण सार्वजनिक गर्न र अनुगमनलाई प्रभावकारी बनाउन मन्त्रालयलाई निर्देशन दिनुभएको बैठकमा सहभागी अभिभावक सङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले जानकारी दिए ।
बैठकमा शिक्षा विभागका महानिर्देशक डा. लवदेव अवस्थीले जथाभावी गर्ने विद्यालयमाथि कारबाही गर्न परिपत्र गरिएको जानकारी गराएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

काठमाडौं । विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुनुहुँनेछ । सरकारले विप्लव समूहसँग वार्ता गरी तीन बुँदे सहमति

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव