एन्फा अध्यक्षको एक पछि अर्को आर्थिक काण्ड

२ असार २०७१, सोमबार ०८:२५ मा प्रकाशित

काठमाडौं, २ असार । एकपछि अर्को आर्थिक काण्डमा मुछिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष गणेश थापामाथि संकट गहिरिदै गएको छ।

दुई सातामा थापा अर्को आर्थिक काण्ड सार्वजनिक भएको छ। उनी माथि कतार फुटबल संघले नेपालको लिग सञ्चालनको सहयोगका लागि दिएको सहयोग रकम हिनामिनाको आरोप थपिको छ। दुई बर्षअघि थापाले ४ बर्षका लागि कतारको फुटबल संघले २ लाख डलर दिने सार्वजनिक गरेका थिए।

तर उनले पठाएको इमेल अनुसार २ लाख डलर ४ बर्षको नभइ हरेक बर्ष २ लाख डलर दिने सहमति भएको उल्लेख गरिएको छ। त्यहि इमेललाई आधार मान्ने हो भने कतार फुटबलले नेपाललाई ४ बर्षको ८ लाख डलर (झन्डै ७ करोड ६० लाख रुपैया) दिने सहमति भएको थियो। एन्फाले अहिले सम्म कति रकम लिएको स्पष्ट नपारेपनि ८ लाख डलर पाउने सहमति भएकोमा सरासर ढाटेको छ।

बेलायतबाट प्रकाशित हुने द सन्डे टाइम्सका समाचार अनुसार थापाले कतार फुटबल संघका अध्यक्ष शेख हामद विन खालिफा विन अल थानीसँग लिगका लागि ८ लाख डलरको सहमति गरेका थिए।

४ बर्षका लागि दिने सहमति भएको उक्त रकम कतार फुटबल संघले उपलब्ध गराउने उल्लेख भएको समाचारमा जनाइएको छ। सोही सहमतिलाई आधारमा मानेर थापाले एसियाली फुटबल महासंघ (एएफसी) का निलम्बित पूर्व अध्यक्ष मोहम्मद विन हमामका सहसायक नजिव चिराकललाई २ लाख डलर निकासा गर्न इमेल पठाएका थिए।

त्यो इमेल हाल सार्वजनिक भएको छ। त्यसपछि थप रकम लिए नलिएका बारेमा भने समाचारमा केही उल्लेख छैन। नागरिक दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति लिभरपुल, आर्सनल र टोटनह्याम हट्सपर विजयी भएका छन् । शिर्ष क्लबहरु चेल्सी र

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले

काठमाडौ । न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोखरेलको श्रीमती तुलसीपुर उपमहानगरपालिका–५ निवासी