एमाले महाधिवेशनमा सत्ता प्रयोग नगर्न झलनाथको निर्देशन

२ असार २०७१, सोमबार ०७:५९ मा प्रकाशित

काठमाडौं, २ असार । एमालेले नवौं महाधिवेशनका लागि प्रतिनिधि चयनमा सत्ता र शक्तिको प्रयोग नगर्न सर्कुलर गरेको छ। उपप्रधानमन्त्री वामदेव गौतमलगायतका मन्त्रीले महाधिवेशनमा सत्ताको दुरुपयोग गरेको आरोप विपक्षी समूहले लगाइरहेका बेला एमाले अध्यक्ष झलनाथ खनालले यस्तो सर्कुलर जारी गरेका हुन्।

अध्यक्ष खनालले एमालेका मन्त्री, सभासद्, राजनीतिक नियुक्ति पाएका नेता(कार्यकर्तालाई पार्टीमा प्रभाव जमाउनकै लागि सत्ताको दुरुपयोग नगर्न यस्तो निर्देशन दिएका हुन्। केही दिनअघि दाङलगायत मध्य र सुदूरपश्चिमका पहाडी जिल्लाका कार्यकर्ता भेलामा उपप्रधानमन्त्री गौतमले हेलिकोप्टर प्रयोग गरेकोमा माधवकुमार नेपाल पक्षले असन्तुष्टि व्यक्त गरेको थियो।

खनालको अन्तरपार्टी निर्देशनमा उल्लेख छ, ‘नेपाल सरकारका मन्त्री, राजनीतिक नियुक्ति पाएका व्यक्ति, जनप्रतिनिधिमूलक निकायमा निर्वाचित वा मनोनीत पदाधिकारी, पार्टीका कुनै पनि नेताकार्यकर्ता, सदस्य आदिले पदीय हैसियत दुरुपयोग हुनेगरी उम्मेदवारको पक्षविपक्षमा मतदान गर्न कसैलाई प्रभावमा पार्न पाइनेछैन।’

एमालेका मन्त्रीमध्ये ६ जना नेता केपी ओलीलाई अध्यक्ष बनाउने पक्षमा छन्। उपप्रधानमन्त्री गौतमसहित मन्त्री राधा ज्ञवाली (ऊर्जा), महेन्द्र पाण्डे (परराष्ट्र), खगराज अधिकारी (स्वास्थ्य), दलबहादुर राना (भूमिसुधार) र हरि पराजुली (कृषि) ओली पक्षमा छन् भने मन्त्री भीम आचार्य (पर्यटन) र लालबाबु पण्डित (सामान्य प्रशासन) नेपाल पक्षमा खुलेका छन्। अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि प्रचण्ड नेपाल नेकपाको संसदीय दलको अनौपचारिक बैठक बसेको छ । सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका दुईजना अध्यक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेर भेटवार्ता गरेका छन्

जाजरकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सर्वोच्च अदालतले नेपाली जनतालाई न्याय दिएको टिप्पणी गर्नुभएको छ । न्यायालयले पञ्चायतको