तमु प्ये ल्हु संघ युकेको सत्कृत रात्रिभोज सम्पन्न

२ जेष्ठ २०६९, मंगलवार १९:२९ मा प्रकाशित

धर्मराज अधिकारी, लण्डन । तमु प्ये ल्हु संघ युकेले गत शनिबार मई १२ तारिखको दिनमा निरमाया रोधी घर अल्डरशोटमा आयोजना गरेको सत्कृत रात्रिभोज भव्य रुपमा सम्पन्न भयो । उक्त सत्कृत रात्रिभोज निजी भ्रमणमा बेलायत आउनु भएका तमु प्ये ल्हु संघ केन्द्रिय समिति नेपालको परम संरक्षक सदस्य तथा भूतपूर्व सचिव एवं कोषाध्यक्ष श्री राजेन्द्र टु तमु र भर्जिन लण्डन म्याराथुन २०१२ दौडमा भाग लिनको लागि बेलायत आई पग्नु भएको तमु प्ये ल्हु संघ केन्द्रिय युवा सदस्य श्री चोक ल्हेँगे तमुको स्वागत तथा सम्मानार्थ आयोजना गरिएको थियो भने युवा सदस्य चोक ल्हेँगे तमुलाई भर्जिन लण्डन म्याराथुन दौडमा सहभागि गराउनको लागि ताङ्गतिङ्ग मितेरी समाज युकेले प्रायोजन गरी बेलायतसम्म आउने सबै व्यवस्था मिलाइदिएको थियो ।

 

निजी भ्रमणको क्रममा बेलायत आइपुग्नु भएका केन्द्रिय व्यक्तित्वहरुको स्वागत तथा सम्मानार्थ आयोजना गरिएको उक्त सत्कृत रात्रिभोजमा छोटो औपचारिक कार्यक्रम समेत समावेश गरिएको थियो । संघका अध्यक्ष श्री सोम त्होर्जे तमुको सभापतित्वमा सचिव श्री भेग च्हाक्ली तमुले सञ्चालन गर्नुभएको उक्त औपचारिक कार्यक्रममा निजी भ्रमणमा बेलायत आउनुभएका परम संरक्षक सदस्य तथा भूतपूर्व केन्द्रिय सचिव एवं कोषाध्यक्ष श्री राजेन्द्र टु तमु र युवा सदस्य श्री चोक ल्हेँगे तमुलाई तमु परम्परा अनुसार सम्मान गरिएको थियो । जसमा संघको अध्यक्ष श्री सोम त्होर्जे तमुले दुबैजनालाई क्रेगी(फेटा) ओढाई स्वागत तथा सम्मान गर्नु भएको थियो भने तमु प्ये ल्हु संघ युके उमि-आनाका अध्यक्ष श्रीमती पार्वती पर्जु तमुले पुष्पगुच्छा दिई स्वागत गर्नु भएको थियो ।

स्वागत तथा सम्मानकै क्रममा तमु धर्मगुरु पच्यु चिवा श्री जीत क्रोम्छे तमुद्धारा धार्मिक परम्परा अनुसार प्हैरु (रुप) लगाईदिएर कुशलता सुरक्षा तथा शुभयात्राको मलाँ दिई स्याईस्याई गराइएको थियो भने संघका सदस्य श्री रामगोपाल तेलैंजे तमु र वहाँको जहानले पनि पुष्पगुच्छा दिई सम्मान गर्नु भएको थियो ।

 

कार्यक्रमकै क्रममा २६ माईल दुरिको भर्जिन लण्डन म्याराथुन दौड सफलता पूर्वक पुरा गरेको शुभ अवसरमा केन्द्रिय युवा सदस्य श्री चोक ल्हेँगे तमुलाई बधाई ज्ञापन गर्दै अझ सफलता हासिल गर्दै जाओस् भन्ने कामना सहित हौसला स्वरुप तमु प्ये ल्हु संघ युकेको तर्फबाट संघका अध्यक्ष श्री सोम त्होर्जे तमु र ल्हेँगे भाईखलकको तर्फबाट संघको संस्थापक अध्यक्ष श्री अशोक ल्हेँगे तमुले नगद उपहारहरु प्रदान गर्नु भएको थियो भने श्रीमती बबिता प्हच्यु तमुले स्पोर्ट्स् ट्रेनर उपहार प्रदान गर्नु भएको थियो ।

 

कार्यक्रममा बोल्दै श्री राजेन्द्र टु तमुले बेलायत जस्तो विश्वकै सबैभन्दा व्यस्त देशमा पनि फुस्रद निकालेर यस्तो प्रसंशनिय कार्यक्रम आयोजना गरी आफुलाई तमु प्ये ल्हु संघ युकेले भव्य स्वागत तथा सम्मान गरेकोमा आफ्नो खुशीको सिमा नरहेको जनाउँदै अब नेपाल फर्केर संघमा पुनः अझ सकि्रय रुपमा अग्रसर हुने बताउनु भयो भने श्री चोक ल्हेँगे तमुले आफ्नो गाउँ-देश भन्दा टाढा सात समुन्द्रपारिको नौलो ठाउँमा आएर पनि यतिका धेरै आफन्त ईष्टमित्रहरुको माझमा सम्मानित हुन पाँउदा अति हर्षविभोर भएको र सबैको माया हौसला र सहयोगले गर्दा आफुले लण्डन म्याराथुन दौड पुरा गर्न सकेको बताउदै आगामी बर्षहरुमा फेरिपनि मौका पाएमा दौडको पूर्ण तयारी गरी आउने जानकारी दिनु भयो ।

 

नीरमाया रोधीँ घरको रमाईलो साँगितिक वातावरणमा सत्कृत रात्रिभोज सहित आयोजना गरिएको उक्त स्वागत तथा सम्मान कार्यक्रमलाई समापन गर्दै सभापतिको आसनबाट बोल्दै संघका अध्यक्ष श्री सोम त्होर्जे तमुले जुनसुकै मुलुक तथा जुनसुकै देशमा भएतापनि हामी तमुहरु आफ्नो कुलधर्म भाषा संस्कार सँस्कृति परम्परा तथा भेषभुषा लगायत पहिचान सहितको समाज निर्माण गर्न तथा तमु हक हित र अधिकार प्राप्तिको लागि सधैँ एकजुट भई अगाडि बढ्नु पर्ने बताउनु भयो ।

 

औपचारिक कार्यक्रम सकिएपछि खानापिना गरिएको थियो भने संघका सदस्य श्री नन्द योज तमुले नीरमाया रोधी घरको कलाकारहरुसँग गाउनु भएको दोहारी गीतमा सबैजनाले दिल खोलेर नाचेका थिए रमाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र