डेनमार्कमा पोखराका बाढी पीडितलाई सहयोग संकलन जारी

२ जेष्ठ २०६९, मंगलवार १९:२५ मा प्रकाशित

प्रकाश ढकाल, डेनमार्क । कास्कीको माच्छापुछ्रे तथा अन्नपुर्ण हिम श्रृंखलामा गएको हिउं पहिरोले गर्दा सेतीनदीमा आएको बाढीबाट पीडितहरुलाई सहयोगार्थ राहत संकलन कार्य डेनमार्कमा पनि अगाडि बढाइएको छ ।

करीब एक साता अघिदेखि जारी यस राहत संकलन कार्यमा हालसम्म करीब २ लाख रुपैंया भन्दा बढी संकलन भइसकेको जानकारी सहयोग कार्यको संयोजन गरिरहेका गणेश खडका र कृष्ण गिरीले बताएका छन । उनीहरुका अनुसार अब छिट्टै नै उक्त रकम सम्बंधित ठाउंमा पठाइने उनीहरूले बताए । सहयोगको लागी सामाजिक संजाल फेसबुकको प्रयोग गरिएकोमा स्वतस्फूर्त रुपमा सहयोग गर्नुहुनेहरूले आआफ्नो तर्फबाट यति भन्दै संकलित बैंक खातामा पठाएको जानकारी कमेन्ट र सन्देश मार्फ़त दिने क्रम पनि चलिरहेको छ । यसरी सहयोग गर्न डेनमार्कबासी नेपालीहरूले तत्परता देखाउनु आंफैमा ठुलो कुरा हो ।
संकलन भएको रकमको पूर्ण विवरण फेसबुकमा नाम सहित र नेपालमा कस्लाई हस्तांतरण गरिएको हो यो सम्बन्धी सम्पूर्ण जानकारी र समाचार नेपाल तथा विदेशमा रहेका आनलाइन मीडियाहरु र पोखराबाट प्रकाशित हुने दैनिक पत्रिकाहरू र पोखराको अन्नपुर्ण एफ एम बाट यस सम्बन्धी सम्पूर्ण जानकारी गराउने व्यबस्था मिलाइएको जनाइएको छ । डेनमार्कमा रहेका नेपालीहरूले जुन उत्साह देखाएका छन त्यो सरहानीय भएको संकलन समिति का जनार्दन शर्मा ले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

न्यूयोर्क । न्युयोर्क राज्य संसदमा नेपाली मूलकी सराहना श्रेष्ठले उम्मेदवारी घोषणा गरेकी छिन् । सराहनाले न्युयोर्क राज्य संसदको तल्लो सदनमा

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी