माओवादी निकट कम्युनिष्ट गोलबन्द हुँदै

१ असार २०७१, आईतवार ११:०६ मा प्रकाशित

काठमाडौं, १ असार । विपक्ष दल एकीकृत माओवादीसहितका कम्युनिष्ट पार्टीहरूले मुलुकको राजनीतिक विषयमा संयुक्त धारणा निर्माण गरी अघि बढ्ने सहमति गरेका छन् ।
बुद्धनगरस्थित नेकपा–माओवादीको पार्टी कार्यालयमा आज विहान बसेको पाँच कम्युनिष्ट पार्टीहरूको बैठकले विद्यमान जल्दाबल्दा राजनीतिक साझा मुद्दाहरूलाई सहकार्य गरेर अघि बढाउने सहमति भएको हो । बैठकमा नेकपा–एमाले, नेकपा (माले)सहितका केही कम्युनिष्ट पार्टीलाई भने बोलाइएको थिएन ।
बैठक पछि पत्रकारसँग कुरागर्दै नेकपा–माओवादीका महासचिव राम बहादुर थापाले मुलुकको समयसायिक राजनीतिक विषयमा छलफल भएको बताए । ‘सहकार्य गरेर अघि बढ्ने विषयमा पनि छलफल भएको छ,’ उनले भने ।
उनले विचार र समसायिक विषयमा नजिक भएका कम्युनिष्ट पार्टीहरूका बीच साझा धारणा बनाएर जाने सहमति भएको बताए ।
बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यलगायतका शीर्ष नेताहरूको सहभागिता रहेको थियो ।
‘विद्यमान जल्दाबल्दा राजनीतिक साझा मुद्दाहरुलाई लिएर सहकार्य र आवश्यक विषयहरुमा विचार विमर्श गर्नका लागि सहभागी राजनीतिक दलहरुका बीचमा विचार आदान–प्रदान गरियो,’ थापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त संयन्त्रको अवधारणामाथि पनि छलफल गरियो र त्यसबारे आवश्यक निर्णय अर्को बैठकमा गर्ने निश्चित गरिएको छ ।’
अर्को बैठक यही असार ७ गते एमाओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने निश्चित भएको छ ।
बैठकमा एमाओवादी, नेकपा (एकीकृत), मातृका यादव नेतृत्वको नेकपा (माओवादी), क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा–माओवादी सहभागी थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । विशिष्ट व्यक्तिका मुहारलाई क्यान्भासमा सजाउने दोस्रो संस्करणको पहिलो अवसर गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष जीवा लामिछानेलाई जु¥यो ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा जाँदै छन् । पुलको शिलन्यास र चीन नेपाल मैत्रिपूर्ण औधोगिक

राष्ट्रिय दलित पत्रकार सङ्घको प्रथम महाधिवेशन यही फागुन २८ र २९ गते रुपन्देहीको बुटवलमा हुने भएको छ । देशभर विभिन्न

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ । दुर्घटनामा एक