‘तपाईंलाई लेख्‍न गाह्रो, हामीलाई संशोधन’

१ असार २०७१, आईतवार ०७:४६ मा प्रकाशित

काठमाडौं, १ असार । म्यानमारकी प्रजातन्त्रवादी नेत्री आउङ सन सू चीले नेपालको लोकतान्त्रिक आन्दोलन आफ्ना लागि प्रेरणा बनेको बताएकी छन्।

संविधानसभा भवनमा शनिबार सभासद्लाई सम्बोधन गर्दै सू चीले भनिन्, ‘तपाईंहरू जननिर्वाचत संस्थाबाट संविधान बनाउँदै हुनुहुन्छ। हामी भने करिब १० प्रतिशतभन्दा कमलाई प्रतिनिधित्व गर्ने सैनिक अधिनायकहरूले छानेका सदस्यबाट बनाइएको संविधानमा परिवर्तन गर्न खोज्दैछौं।’

‘यसरी हेर्दा एक ढंगले हामी दुवै राजनीतिक विकासको उस्तैउस्तै बिन्दुमा छौं।’ उनले थपिन्, ‘तपाईंहरूले बिहानदेखि नै मलाई प्रेरणा स्रोत भन्नुभएको मैले सुनिरहेकी छु, तर वास्तवमा तपाईंहरू म र बर्मेली जनताको प्रेरणा स्रोत हुनुहुन्छ।’

सू चीले आफू म्यानमारमा शान्तिपूर्ण जनादेशमार्फत प्रजातन्त्र बहाली र संविधान परिवर्तन गर्न लागिपरेको बताइन्। ‘तर संविधान संशोधन गर्न दुई तिहाइ चाहिने र सेनाद्वारा करिब एक तिहाइ सांसद मनोनीत गरिने भएकाले यो काम गाह्रो छ’, उनले भनिन्। अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको

काठमाडौँ । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी(नेकपा) राख्ने निर्वाचन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी

काठमाडौं । प्रतिनिधिसभाको सातौँ अधिवेशन आजदेखि शुरु हुँदैछ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला सर्वोच्च