स्वास्थ्य क्षेत्रलाई राजनीतिबाट टाढा राख्नुपर्छ : पौडेल

३१ जेष्ठ २०७१, शनिबार १८:०३ मा प्रकाशित

काठमाडौं, ३१ जेठ । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले स्वास्थ्य क्षेत्रलाई राजनीतिबाट टाढा राख्नुपर्ने बताएका छन् ।

नेपाल स्वास्थ्यकर्मी संघको २४औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उपसभापति पौडेलले स्वास्थ्य र शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप गर्न नहुने पक्षमा आफ्नो दल रहेको बताए ।

उनले भने, ‘स्वास्थ्य र शिक्षा क्षेत्र राजनीतिबाट जोगाऔँ भन्ने प्रस्ताव हामीले राख्यौँ तर एमाले र माओवादीले मानेनन् । उनीहरूले राजनीति गर्ने हामीले मात्रै मैदान छाड्ने भन्ने पनि कुरा भएन ।’
उनले ट्रेड युनियनलाई व्यवस्थित गर्नु आवश्यक रहेको बताउँदै सोसम्बन्धी दलबीच राष्ट्रिय सहमति गर्न आवश्यक रहेको धारणा राखे । स्वास्थ्य सबैभन्दा संवेदनशील क्षेत्र भएको बताउँदै यसमा भएका विकृति अन्त्य गर्न उनले जोड दिए ।

उनले स्वास्थ्यकर्मी गाउँमा नपुग्ने गरेको गुनासो अत्यधिक मात्रामा आउने गरेको बताउँदै यो समस्या अन्त्य गर्न सरकार गम्भीर हुनुपर्ने बताए ।

नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष खिलानाथ दाहालले स्वास्थ्य नीति बनाउन आवश्यक रहेकामा जोड दिँदै स्वास्थ्य क्षेत्रका माग पूरा गराउन नेपाल स्वास्थ्यकर्मी संघले आन्दोलनको अगुवाइ गर्नुपर्ने सुझाव दिए ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. अन्जनीकुमार झाले नेताले निजी मेडिकल कलेज खोल्ने प्रतिस्पर्धा बढ्नु राम्रो नभएको बताउँदै यसलाई निरुत्साहित गर्न आवश्यक रहेको धारणा राखे ।

स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरेले सरकारी स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीकोे उचित पदोन्नति र पदस्थापन हुन नसकेको तथा निजी क्षेत्रमा कार्यरत कर्मचारीले श्रम ऐनअनुसार ज्याला, सुविधा नपाएको गुनासो गरे ।

कार्यक्रममा संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसी, डा. लक्ष्मीदास पाठकलगायतले मुलुकमा आवश्यकताअनुसार चिकित्सक नहुँदा अदक्ष चिकित्सकबाट जनता पीडित हुनुपरेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन

मोरङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्यरत एक अधिकृतलाई घुसको रकमसहित बिहीबार पक्राउ