मधेसीमोर्चाको असहमतिका बाबजुद तीन दलद्धारा संविधानको सबै विवादित विषयमा दलहरुवीच सहमति, एमाले पनि सरकारमा जाने

२ जेष्ठ २०६९, मंगलवार १५:१२ मा प्रकाशित


काठमाडौ, २ जेठ । मधेसी मोर्चासहित बसेको प्रमुख तीन दलका शिर्ष नेताहरुको बैठकमा संविधान निर्माणको रहेका सबै विवादमा सहमति कायम गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शिर्ष बैठकले ११ वटा प्रदेश बनाउन र प्रदेशको नाम प्रदेश सभाले नै तय गर्ने र सिमाङकनमा विवाद आए पनि आयोग गठन गरेर त्यसको छिनोफानो गर्ने सहमति भएको माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
११ वटा प्रदेश बनाउने सहमतिमा मधेसी मोर्चाले भने असहमति ब्यक्त गरेको फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले बताए । यद्यपि उनले असहमति कायम रहे पनि संविधान निर्माण प्रकृयामा मोर्चा बाधक भने नबन्ने स्पष्ट पारे ।
तमलोपा नेपालका अध्यक्ष महेन्द्र यादवले नाम पहिचान बेगरको संघीयतामा आफूहरुको असहमति भएको भन्दै अब विवाद समाधान उपसमिति र संबैधानिक समितिमा पनि सहमति बन्न नसके संविधानसभाबाट मतदानको प्रकृयाबाट विवादको टुङगो लगाउने प्रतिकृया दिए । उनले १४ वा १० समिति हुनु पर्ने आफूहरुको अडान रहेको भन्दै विना आधारको ११ प्रदेशमा तीन दलले सहमति गरेको आरोप पनि लगाए ।
त्यसैगरी बैठकले मिश्रित शासकीय स्वरुप अपनाउने सहमति गरेको छ जसमा संसदीय सर्वोच्चता कायम राख्ने र प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसदबाट निर्वाचित प्रधानमन्त्रीवीच कार्यकारी अधिकार बाडफाड गर्ने तर कार्यकारी प्रमुख प्रधानमन्त्री हुने सहमति पनि गरेको छ ।
दलहरुवीच भएको सहमतिलाई आजै बस्ने विज्ञहरुसहितको विवाद समाधान उपसमितिको बैठकले औपचारिकता दिई, भोली बस्ने संबैधानिक समितिको बैठकमा पेश गर्ने छ । समितिले सहमति बनेको प्रतिवेदन संविधानसभाको बैठकमा पेश गर्ने छ ।
आजको शिर्ष बैठकमै एमाले सरकारमा सहभागी हुने सहमति पनि गरेको छ । माओवादी उपाध्यक्ष श्रेष्ठका अनुसार एमालेले पार्टीको तर्फबाट सरकारमा सहभागी हुन महासचिव ईश्वर पोख्रेल र राधा ज्ञावलीको नाम समेत दिएको छ । स्रोतका अनुसार भोली पोख्रेलले उपप्रधानमन्त्री र ज्ञावलीले मन्त्रीको सपथ खानेछिन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।