नेदरल्यान्ड, मेक्सिको र चिलीको सानदार विजयी सुरुवात

३१ जेष्ठ २०७१, शनिबार ०६:४४ मा प्रकाशित

काठमाडौं, ३१ जेठ । ब्राजिलमा जारी विश्वकप फुटबल – २०१४ मा नेदरल्यान्ड, मेक्सिको र चिली विजयी भएका छन् । आफ्नो पहिलो खेलमा उनीहरूले सानदार सुरुवात गरेका हुन् ।
डिफेन्डिङ च्याम्पियन स्पेनले नेदरल्याण्ड्ससँग ५–१ को लज्जास्पद हार व्यहोरेको छ । शनिबार राति ब्राजीलमा भएको विश्वकप–२०१४ को फुटबल खेलमा नेदरल्याण्ड्सले सानदार विजयी सुरुवात गरेको हो ।
शनिबारको खेल स्पेनका इतिहाँसमै खराव हुन सक्छ । नेदरल्यान्डले चार वर्ष अगाडि फाइनलमा बेहोरेको हारको बदला स्पेनसँग लिएको छ । सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा स्पेनले नेदरल्याण्डलाई हराएको थियो ।
एरिना फोन्टे नोभामा डच टिम एक गोलले पछाडि रहेर सुन्दर जित रच्न सक्षम भएको हो । नेदरल्याण्डको कडा जवाफपछि स्पेनी टोलीलाई उपाधि रक्षामा चुनौति थपिएको छ ।
अब स्पेनले दोस्रो चरण पुग्न संघर्ष गर्नु पर्नेछ । जितसँगै ेदरल्यान्ड आफनो समूहमा सुरुआती अग्रता लिन सफल भएको छ ।
स्पेनले २७ औं मिनेटमा जाभी एलोन्सोको गोलले अग्रता लिएको थियो । एलोन्सोले पेनाल्टीबाट गोल गरेका थिए । त्यसयता खेल एकपक्षीय जस्तै रह्यो र प्रशिक्षक लुइस भान गालको डच टिमले अविश्ववसनीय क्षपमा पाँच गोल फर्काउन सक्यो ।
डच कप्तान रोबिन भान पसिर्ले ४४ औं मिनेटमा पहिलो गोल गरे । कप्तान रोबिन भान पर्सी म्यान अफ दी म्याच घोषित भएका छन् ।
आरेन रोबिनले ५३ औँ मिनेटमा गोल गर्दै नेदरल्यान्डलाई पहिलो पल्ट अग्रता दिलाए । स्टेफान डे भ्रिजले ६४ औँ मिनेटमा तेस्रो गोल गरे । भान पसिर्ले ७२ औँ मिनेटमा चौथो गोल गरे । अत्यमा रोबिनले ८० औँ मिनेटमा फेरि अर्को गोल थपेका थिए ।
चिली विजयी
उता, चिलीले अष्ट्रेलियालाई ३–१ ले हराएरको छ । शनिबार राति भएको विश्वकप २०१४ मा चिलीले पनि सानदार विजयी सुरुआत गरेको हो ।
साल्भाडोरमा बासिर्लोनाका फरवार्ड एलेक्सि सान्चेजले १२ औँ मिनेटमा गोल गर्दै चिलीलाई अग्रता दिलाए । त्यसको ७० सेकेन्डपछि जोर्गे भाल्दिभियाले गोल गरेर । उनले १८ यार्ड लाइनटबाट टप बारमा प्रहार गरेको बलले उत्कृष्ट गोलको रुप लिएको थियो ।
टिम केहिलले ३५ औँ मिनेटमा हेडद्वारा गोल गर्दै अस्ट्रेलियालाई एक गोलको अन्तरमा पुराएको थियो ।
बुसेजोरले इन्ज्युरी टाइममा गोल गर्दै चिलीको अग्रता ३–१ बनाएर जित सुनिश्चित गरे । खेलको म्यान अफ दी म्याच चिलीका एलेक्सीस सान्चेज भए ।
समूह ‘बी’मा नेदरल्यान्ड र चिलीको समान ३–३ अंक छ । राम्रो गोल अन्तरको आधारमा डच टिम शीर्षस्थानमा छ ।
मेक्सिको विजयी
मेक्सिकोले क्यामरुनलाई १–० ले पराजित गरेको छ । यस जितसँगै मेक्सिकोले समूह ‘ए’ मा दोस्रो स्थानमा रहेको छ । आयोजक ब्राजिल समूह ‘ए’को शीर्ष स्थानमा छ । मेक्सिकोलाई जित दिलाउन ओरिब पेरलटाले ६१ औँ मिनेटमा गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । निर्वाचन आयोगमा सरिता तिवारीको अध्यक्षतामा दर्ता भएको नेकपा एमालेले बैठक बोलाएको छ । सर्वोच्च अदालतले नेकपालाई पार्टी एकीकरणको

इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले म्यान्चेस्टर सिटीलाई २–० ले हराएको छ । यो हारसँगै म्यान सिटीको २१ खेल लामो

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी नामसम्बन्धी विवादबारे रिट निवेदक ऋषिराम कट्टेलको पक्षमा फैसला सुनाएपछि नेकपा विघटन भएको छ

भिएना । ‘चुज टु च्यालेन्ज’ भन्ने नारा सहित यस वर्ष पनि मार्च ८ मा अन्तर्राष्ट्रिय नारी दिवस मनाइदै छ। एनआरएन