बहादुर कातर तिमि !!———–जुन्ताबिन

३१ जेष्ठ २०७१, शनिबार ०३:३१ मा प्रकाशित

सपना मै सहि
कति यात्रा गर्नु छ
तिमिसँग !
कल्पना मै कति
कानेखुसि गर्नु छ
तिमिसँग !
सृष्टि संरचनामा
नयाँ जिबन रोप्नु छ
तिमिसँग !
तर
हरेक सपना
बिपना हुने गर्छ मेरो
र पो डर लाग्छ
सपनासँग !
मत डरपोक पो छु त
सपनामा मात्र मेला भर्ने !
सत्यको सामना गर्ने
मृतुसँग डराउने !
ए साँची
मृतु सत्य हैन र ?
भन त !
के हो ?
म त डरपोक पो छु त
सत्य सँग डराउने !

अँ साँची,
तिमीले भन्या हैन !
के तिमि कल्पनालाई रोक्न सक्छौ ?
के तिमि भावनालाई रोक्न सक्छौ ?
के तिमि प्रेमलाई रोक्न सक्छौ ?
हो ! म त रोकिन्न !
र त बिपना हुन्छु !
हरेक कल्पना
हरेक सपना !
म त बिपना हुँ !

भो तिमि त
डरछेरुवा !
समाजसँग हो ?
कि आफैसँग ?
कि प्रेमसँग ?
भो तिम्रो बिश्वास प्रेम बिनाको
भो तिमो पुजा प्रेम बिनाको
भो तिम्रो आस्था प्रेम बिनाको
भो तिमो जिबन भोगाई बिनाको
भो
तिमो जिबन
कमिलाले खावोस् !
उ जिउनु छ
किनकि कमिला डराउदैन
तिमीलाई टोक्न !
बहादुर कातर तिमि !!

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । विशिष्ट व्यक्तिका मुहारलाई क्यान्भासमा सजाउने दोस्रो संस्करणको पहिलो अवसर गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष जीवा लामिछानेलाई जु¥यो ।

नेपाल फ्रान्स कुटनीतिक सम्बन्ध स्थापनाको ७०औ वर्षगाँठको उपलक्ष्यमा प्रकाशित स्मारिका “कर्म” को नेपालस्थित फ्रान्सेली राजदूत फ्रन्स्वा जाभिए लेजेर पेरिसस्थित नेपाली

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले स्रष्टा राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ लाई उत्कृष्ट साहित्यिक कृति पुरस्कार प्रदान गर्ने घोषणा

वरिष्ठ पत्रकार एवं पूर्वमन्त्री होमनाथ दाहाललाई विसं २०७६ को महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ । दाहाल विगत