लस एन्जलसमा चर्च बन्यो मन्दिर, दाताहरु आगामी आइतबार सम्मानित हुँदै

३१ जेष्ठ २०७१, शनिबार ०१:५२ मा प्रकाशित

लस एन्जलस । श्री पशुपतिनाथ फाउन्डेशनले श्रीपशुपतिनाथ बुद्ध मन्दिर निर्माणमा सहयोग पुर्याउने दाताहरुलाई आगामी आइतबार सम्मान गर्ने भएको छ । आगामी आइतबार भक्त कल्चर सेन्टरमा आयोजना हुने सम्मान समारोहमा श्रीपशुपतिनाथ बुद्ध मन्दिर निर्माणमा सहयोग पुर्याउने दाताहरुलाई सम्मान गरिन लागेको फाउन्डेशनका संस्थापक एवं वाणिज्यदूत ऋषि ढकालले जानकारी दिएका छन् । श्री पशुपतिनाथ फाउन्डेशनका अध्यक्ष भक्त थापाले आगामी आइतबार आयोजना हुने सम्मान समारोहमा लस एन्जलसमा बस्ने नेपालीहरुलाई सहभागी हुन  आग्रह गर्नु भएको छ । यस अघि दक्षिण क्यालिफोर्नियामा बस्ने नेपालीहरुले नर्वाल्क काउन्टीस्थित चर्च खरिद गरी पशुपतिनाथ बुद्द मन्दिर निर्माण अभियान सुरु गरेका थिए । करिब दुइ महिना अघि नर्वाल्क काउन्टीले फाउन्डेशनको भवनमा धार्मिक गतिबिधि संचालन गर्न अनुमति प्रदान गरेको थियो । संस्थाका उपाध्यक्ष एवं अवैतनिक नेपाली बाणिज्य दुत ऋषि ढकालका अनुसार केनी स्ट्रिट नर्वाल्क, क्यालिफोर्निया, ९०६५० ठेगाना रहेको चर्चलाई फाउन्डेशनले पांच लाख पचास हजार डलर भुक्तानी गरी खरिद गरेको थियो । कुल मूल्य दश लाख पचास हजार रहेको भवन खरिद प्रक्रियामा फाउन्डेशनका अध्यक्ष भक्त थापा, उपाध्यक्ष एवं अवैतनिक नेपाली बाणिज्य दुत ऋषि ढकाल, एकराज पान्डे र राम लामाले संयुक्त रुपमा कागजी प्रक्रियामा हस्ताक्षर गरे लगत्तै उक्त चर्चलाई सामुदायिक भवन र मन्दिरमा परिणत गरी नियमित धार्मिक गतिबिधि संचालनको अनुमति लिने प्रक्रिया स्थानिय काउन्टी मार्फत सुरु गरिएको थियो । संस्थाका सचिब रामेश्वर भण्डारीले दिएको जानकरी अनुसार संस्थाले खरिद गरेको उक्त भवनमा ६ वटा बढी कोठा, पुजास्थल, २५० भन्दा बढी सहभागी अटाउने सभा हल, भान्छा कोठा, बच्चाहरू खेल्ने प्रशस्त ठाउं र संगै तीन बेड रुम दुई बाथरुम भएको घर रहेको छ । भण्डारीका अनुसार शनिबारको सम्मान समारोह पछि पुजारी राखी नियमित धार्मिक गतिबिधि संचालन गरिने तयारी रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भियना ।नेपाली साहित्यकार समूहले बिश्वभरका नेपालीभाषी साहित्यकारहरूलाई जोडेर रचना वाचन तथा सरस्वति सम्मान कार्यक्रम सम्पन्न ग-यो। जुम प्रविधिको प्रयोग गरेर

पोर्चुगल । शम्भु सिलवाल छ वर्षयता पोर्चुगलमा हुनुहुन्छ । नेपालमा झ्याइँकुटी झ्याई टेलिशृङ्खलामा घिन्ताङे पात्रसँगै दोहोरी साँझ, भजन, लोकदोहोरी क्षेत्रमा

लन्डन । कोरोना सङ्क्रमणबाट अस्पताल भर्ना भएका एक नेपालीको उपचारकै क्रममा मस्तिष्काघातबाट मृत्यु भएको छ । ताप्लेजुङ जिल्ला सिकैँचामा स्थायी

कोरियामा काम गर्दै बचेको समयमा साहित्य सिर्जनामा रमाउने कवि सुष्मा रानाहँमाको नयाँ कविता कृति आमाको तासफोटो र दीपा मेवाहाङ राईको