मधेस बन्दको क्रममा वीरगन्जमा झडप, केही घाईते

२ जेष्ठ २०६९, मंगलवार १४:२८ मा प्रकाशित

पर्सा, २ जेठ । बृहत मधेसी मोर्चाले आह्वान गरेको एकदिने तराई बन्दको क्रममा आज बिहान पर्सामा झडप भएको छ । पर्साको डाइपोर्टमा रहेको ना३ख ४३४८ नम्बरको ट्रकलाई बन्द आह्वानकर्ताले तोडफोड गर्न थालेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । सो क्रममा आफ्ना केही कार्यकर्ता घाइते भएका फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले बताउनुभयो । प्रहरीले प्रमोद साहसहित आफ्ना दुई जना कार्यकर्तालाई नियन्त्रणमा लिएको बन्द आह्वानकर्तामध्येको एक घटक मधेसी जनअधिकार फोरम नेपालले दाबी गरेको छ । बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले वीरगन्जको मुर्ली, प्रतिमाचोक र नेपाल आयल निगम नजिक रहेका ना१ह ९४७, ना२ख ४६४७ लगायतका सवारी साधनमाथि तोडफोड गरेका छन् । यसैगरी वीरगन्जको गण्डकचोमा पनि उनीहरुले केही मालबाहक ट्रकमाथि तोडफोड गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नयाँ संविधानमा समग्र मधेस एक स्वायत्त प्रदेश हुनुपर्ने माग गर्दै मधेसी मोर्चाले बन्द आह्वान गरेको हो । यसैबीच विभिन्न राजनीतिक दलसहित जातीय सङ्गठनहरुले पछिल्ला दिनमा लगातार बन्द आह्वान गरेपछि वीरगन्ज करिडोर क्षेत्रमा रहेका उद्योगहरुको अवस्था दयनीय बन्दै गएको छ । करिडोर क्षेत्रमा रहेका साना तथा ठूला गरी करिब दुई सयको हाराहारीमा रहेका उद्योग बन्द हड्तालका कारण प्रत्यक्षरुपमा मारमा परेका वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोक टेमानीले जानकारी दिनुभयो । उहाँले एक दिन उद्योग बन्द हुँदा आफूहरुलाई रु. १० करोडसम्म घाटा लाग्ने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही,

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको