प्रजातन्त्रवादी नेत्री सुकी नेपालमा

३० जेष्ठ २०७१, शुक्रबार १६:२४ मा प्रकाशित

काठमाडौं, ३० जेठ । म्यान्माकी प्रजातन्त्रवादी नेत्री तथा नोबेल शान्ति पुरस्कार विजेता आङसाङ सुकी तीनदिने भ्रमणको सिलसिलामा नेपाल आइपुगेकी छन् ।

बिपी चिन्तन प्रतिष्ठानले राजधानीमा आयोजना गरेको ‘प्रजातान्त्रिक समाजवादको भविष्य’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने क्रममा नेत्री सुकी आज मध्याह्न नेपाल आइपुगेकी हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल सरकारका तर्फबाट वन तथा भूसंरक्षण मन्त्री महेश आचार्यले स्वागत गरे ।

जननायक बिपी कोइरालाको जन्म शताब्दिका अवसरमा प्रतिष्ठानले शनिबार राजधानीमा आयोजना गर्ने ‘प्रजातान्त्रिक समाजवादको भविष्य’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनलाई नेत्री सुकीले मुख्य वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम छ ।

नेपाल भ्रमणका क्रममा नेत्री सुकीले राष्ट्रपति, प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका प्रमुखसँग भेटघाट गर्ने कार्यक्रम छ । नेत्री सुकीलाई नेपाली नागरिकका तर्फबाट नागरिक अभिनन्दनसमेत गरिने कार्यक्रम रहेको प्रतिष्ठानका महासचिव पौडेलले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव

काठमाडौं । नेपाली काँग्रेसले बदलिँदो राजनीतिक परिस्थितिमा संविधान, लोकतन्त्र र जनतालाई केन्द्रमा राखेर निर्णय लिने भएको छ । कांग्रेसका सभापति