थरुहट र अखण्ड सुदुरपश्चिम समर्थकहरुवीचको झडपमा तीन घाईते

२ जेष्ठ २०६९, मंगलवार १९:३० मा प्रकाशित

काठमाडौ, २ जेठ । धनगढीको क्याम्पस रोडमा अखण्ड सुदुरपश्चिमका समर्थक र थरुहट समर्थकहरुवीच आज झडप भएको छ । धनगढीमै आमसभा गरेर फर्कदै गरेका अखण्ड सुदुरपश्चिम समर्थकहरुलाई क्याम्पस रोडमा रहेका थरुहट समर्थकले आक्रमण गरेका थिए । झण्डै एक घण्टा सम्म भएको झडपमा थरुहट समर्थक तीन जना घाईते भएको बताईएको छ । थरुहट समर्थकहरुसँगै माओवादी र वाईसीएलका कार्यकर्ताहरुले पनि सुदुरपश्चिम समर्थकहरुमाथि आक्रमण गरेको बताईएको छ । आक्रमणपछि आक्रोसित सुदुरपश्चिम समर्थकहरुले माओवादी पार्टी कार्यालय सहित केही घरहरुमा आक्रमण गरेर शिशाहरु फुटाई दिएका छन् । अहिले सो क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार ३ सय ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय

काठमाडौं । राष्ट्रिय जनता पार्टीको महन्थ ठाकुर पक्षले राष्ट्रपतिलाई बहुमतीय सरकारमा सहभागी नहुने जानकारी गराएको छ । राजपाका अध्यक्ष महन्थ