‘म नै पार्टीको बैद्यानिक अध्यक्ष हुँ’

३० जेष्ठ २०७१, शुक्रबार १३:३५ मा प्रकाशित

काठमाडौं, ३० जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले महाधिवेशनले नै चक्रीय प्रणाली आस्वीकार गरिसकेको भन्दै अध्यक्ष आफू भएको बताएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा राणाले केन्द्रीय समितिको दुई तिहाई बहुमतले आफूलाई अध्यक्षमा चयन गरेको बताए । ‘म नै पार्टीको बैद्यानिक अध्यक्ष हुँ,’ उनले भने, ‘चक्रीय प्रणालीका विषयमा छलफल भएको थियो । तर त्यो त्यति बेलै अस्वीकार भएको हो ।’
उनले पार्टीको विधान अनुसार रिक्त भएको अवस्थामा केन्द्रीय समितिले अध्यक्ष चयन गर्ने ब्यवस्था रहेको बताए ।
‘कुनै पनि हालतमा पार्टी फुट्दैन,’ उनले भने, ‘पार्टीलाई फुटबाट बचाउँने म सँग धेरै उपाय र विकल्पहरू छन् ।’
अध्यक्ष राणाले पार्टीका असन्तुष्ट पक्षसँग वार्ता गर्न सहमहामन्त्री हेमजंग गुरुङ र केन्द्रीय सदस्य रोसन कार्की रहेको वार्ता टोली गठन गरिसकेको जानकारी दिए । उनले वरिष्ठ नेता लोकेन्द्र बहादुर चन्दले कहिल्यै पनि पार्टी नफुटाउने बताए । उनले भने, ‘म लोकेन्द्रबहादुर चन्दलाई सधै सम्मान गर्ने ब्यक्ति हुँ । उहाँले पार्टी फुटाउनु हुन्न ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम आज बस्ने भनिएको ओली समूहको संसदीय दलको बैठकमा नजाने भएका

काठमाडौं । वर्तमान राजनीतिको किंग मेकर मानिएको नेपाली कांग्रेसले अझै प्रष्ट धारणा सार्वजनिक गरेको छैन । हिजो संसदीय दलको बैठकपछि

हङकङ । चीनको उच्च कानून निर्माता निकाय नेशनल पिपुल्स कांग्रेस एनपीसीले हङकङमा राष्ट्रवादीले मात्रै शासन गर्न पाउने योजना सार्वजनिक गरेको

धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले नेपाल प्रेस युनियन डोटी शाखाले स्थापना गरेको ‘तेजु स्मृति अक्षय कोष’ स्थापनाका लागि आर्थिक सहयोग