कृष्णध्वज स्मृति अन्तरस्कुल–कलेज टिटीमा सोनुलाई स्वर्ण

३० जेष्ठ २०७१, शुक्रबार १२:४३ मा प्रकाशित

काठमाडौं, ३० जेठ । नियोलोजियन एकेडेमीकी सोनु थापा मगरले पाँचौं कृष्णध्वज स्मृति राष्ट्रव्यापी अन्तरस्कुल तथा कलेज टेबलटेनिस प्रतियोगिताको स्कुलतर्फ यु–१६ गल्र्स सिंगल्समा स्वर्ण जितेकी छन् ।
फाइनलमा सोनुले विजेश्वरीकी इभाकुमारी राउतलाई ११–७, ११–८ र ११–६ को सोझो सेटमा पराजित गरिन् ।
स्कुलतर्फ यु–१० ब्वाइज सिंगल्समा आदर्श विद्या मन्दिरका संयोग कपाली पहिलो भए । उनले प्रोक्सिमा इन्टरनेसनलका रेखन तामाङलाई ११–५, ११–५ र ११–६ ले हराए ।
कलेजतर्फ मिक्स स्पर्धामा प्राइमका प्रदीप रोका र एलिना महर्जनको जोडी पहिलो स्थानमा रहे । उक्त जोडीले फाइनलमा काठमाडौं बर्नहार्ट कलेजका विलश श्रेष्ठ र एलिशा खड्गीको जोडीलाई ११–८, ७–११, ११–६ र ११–९ ले पाखा लगाए ।
कलेजकै टिम स्पर्धाको ब्वाइज र गल्र्स दुवैमा प्राइमले स्वर्ण जित्यो । प्राइमले ब्वाइजमा बिहीबार नै भक्तपुर बहुमुखी क्याम्पसलाई ३–२ तथा गल्र्समा अक्सब्रिज इन्टरनेसनल कलेजलाई ३–१ ले पन्छायो ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँदिल्ली । इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा भारतले सानदार जित निकालेको छ । अहमदाबादमा टेस्टको दोस्रो दिन हिजो भारतले इंग्ल्यान्डलाई १० विकेटले

लन्डन । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी र रियाल मड्रिड विजयी भएका छन् । राउण्ड अफ सिक्सटिन पहिलो

म्यूनिख । च्याम्पियन लिगको साविक विजेता वायर्न म्यूनिखले सानदार जीत हासिल गरेको छ । आज बिहान सम्पन्न च्याम्पियन लिग अन्तिम

रोम । क्रिष्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनले युभेन्टस विजयी हुँदा क्रोटोनी स्तब्ध बन्न पुगेको छ । इटालियन सिरिए अन्तर्गत आज बिहान