खाल्टोको पानीमा डुबेर बालकको मृत्यु

३० जेष्ठ २०७१, शुक्रबार ११:०६ मा प्रकाशित

गौशाला, ३० जेठ । घरको आँगनमै रहेको खाल्टोको पानीमा डुबेर महोत्तरी जिल्लाको सिमरदही गाविसमा एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिमरदही–५ बस्ने नरिस अन्सारीको दुई वर्षीय छोरा दिलसन अन्सारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खेल्ने क्रममा बिहीबार साँझ उनको डुबेर मृत्यु भएको हो ।

खानेपानी पाइपको पानी संकलनका लागि आँगनमै खनिएको खाल्टोमा भरिएको पानीमा घरमा कोही नभएको बेला खेल्दाखेल्दै पुगेका बालकको मृत्यु भएको प्रहरी नायब निरीक्षक तेजबहादुर भट्टराईले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकार र विप्लव समूहबीचको औपचारिक वार्ता आजदेखि सुरु भएको छ । आज बिहान दुवै समूहको पहिलो चरणको औपचारिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई

वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी

टीकापुर । सन्तानको रहर पुगेकाहरुका लागि सञ्चालन गरिएको स्थायी बन्ध्याकरण शिविरमा दुई दिनमा ४६ जनाले सेवा लिएका छन् । पहिलो