लु चलेपछि सिरहामा झाडा पखालाका बिरामी बढे

२ जेष्ठ २०६९, मंगलवार १२:०९ मा प्रकाशित

सिराहा, २ जेठ । सिरहामा केही दिन अगाडीदेखि बढेको गर्मी संगै सिरहामा झाडा पखालाका बिरामीको संख्या दोब्बर बढेको छ । अत्याधिक गर्मीसंगै तराईमा लु चल्न थालेपछि झाडा पखालाका बिरामीको संख्या बढेको हो । जिल्ला अस्पताल सिरहा, लहान अस्पताल र अन्य गाउँघरका स्वास्थ्य चौकीमा दैनिक झाडा पखालाका बिरामीको संख्या ह्वातै बढेको छ । १५ शैया क्षमता भएको जिल्ला अस्पताल सिरहामा दैनिक ४० देखि ५० जना सम्म झाडा पखालाका बिरामीहरु आउने गरेको जिल्ला अस्पताल सिरहाका मेडिकल सुपरिटेन्डेन्ट दया शंकर लाल कर्णले जानकारी दिनु भएको छ । झडा पखालाका कार।ण बृद्ध बृद्धा र बालबालिका बढि प्रभावित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । मंगलवार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा