क्यान्टिनको खानामा हैजाको जिवाणु

३० जेष्ठ २०७१, शुक्रबार ०६:११ मा प्रकाशित

काठमाडौ, ३० जेठ । संसद सचिवालय क्यान्टिनको खानामा हैजाको जिवाणु भेटिएको छ । यो जिवाणुका कारण झाडा पखाला, उल्टी आउने, सास फेर्न ग्राहो हुने ज्वरो आउनेलगायतका समस्या पनि उत्पन्न हुन्छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको परिक्षणबाट ‘स्टाफाइलो कोकस अरिएस’ र ‘व्यासिलियस सिरियस’ नामका २ थरी जिवाणु फेला परेको हो । ‘यसले खानेकुरालाई विषाक्त बनाउँछ,’ विभागका प्रवक्त्ता प्रमोद कोइरालाले भने । जिवाणुको सक्रमणले आधा घण्टा भित्रै उल्टी हुनसक्छ । यस्तै, २४ घण्टापछि टाउको दुख्ने, सास फेर्न समस्या, झाडा पखाला, छालाको संक्रमण जस्ता समस्या देखिन सक्छन् ।

कोइरालाले क्यान्टिनको स्थलगत र प्राविधिक मुल्यांकनका आधारमा धेरै समस्या भेटिएको जानकारी दिए ।  अनुगमनका क्रममा क्यान्टिनमा बासीरसडेगलेको खानेकुरा पाइएको थियो । क्यान्टिनको सरसफाइमा समेत ध्यान दिइएको थिएन । ‘संक्रमित खानाका जिवाण’बाट ६ सय भन्दा बढी रोग लाग्न सक्छन् । धेरै सख्यामा जिवाणु हुदा स्वास्थ्यमा थप हानी गर्छ, विभागका बरिष्ठ अनुुसन्धान अधिकृत समेत रहेका कोइरालाले भने ।

सबै जिवाणुको अध्ययन गरी प्रतिवेदन तयार पार्न करिब ७२ घण्टा लाग्छ । सचिवालय क्यान्टिन अतिसंवेदनशिल भएकाले दोहोर्‍याएर परिक्षण गरिएको थियो । ‘२ पटकसम्म परिक्षण गरेकाले अन्तिम नतिजाको लागि केही ढिलाई भयो,’ उनले भने, ‘बासी र ताजा खाने कुरा एकै ठाउमा राख्दा यस्तो समस्या हुन्छ ।’

उनका अनुसार, केही दिनभित्र प्रतिवेदनलाई अन्तिम रुप दिएर संसद सचिवालयलाई बुझाइनेछ । ‘सिहदरबार भित्र त्यस्तो होला भन्ने कसैले सोचेको थिएन ।  हजारौले खानारनास्ता खाने क्यान्टिनबाट जुनसुकै बेला ठुलो महामारी फैलनसक्छ,’ कोइरालाले भने, ‘यो गम्भिर अपराध हो ।’ कसुर गम्भीर भएकाले क्यान्टिन बन्द गरी कारबाही समेत गर्ने विभागको ठहर छ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव

गलकोट । बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद