साक्षी नै थुन्ने न्यायाधीशमाथि छानबिन हुने

३० जेष्ठ २०७१, शुक्रबार ०६:०७ मा प्रकाशित

काठमाडौं, ३० जेठ । न्याय परिषदले साक्षीलाई नै थुन्ने आदेश गर्ने मुगु जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद शर्मा पंगेनी उपाध्यायको कागजपत्र झिकाउने भएको छ ।

परिषदका अनुसार साक्षीको संरक्षण गर्नु पर्नेमा उल्टै तिनलाई सजाय गर्ने निर्णय गरेकाले प्रथम दृष्टिमै गडबडी देखिएको हुँदा कागजपत्र बुझ्न लागिएको हो ।

फौजदारी न्यायप्रणाली र विविशास्त्रको सर्वमान्य सिद्धान्तको उल्टो हुने गरी पंगेनीले कर्तव्य जान मुद्दाका सरकारी साक्षीलाई नै मुद्दा लगाएर धरौटी माग्दै थुनामा पठाउने फैसला गत जेठ २१ गते गरेका थिए ।

फैसला अनुसार मुद्दाका साक्षी प्रहरी जवानहर बलराम गिरी, हरिप्रसाद जोशी र प्रहरी हवल्दार शीतल भण्डारीलाई जनही १ लाख १५ हजार धरौटी तिर्न भनिएको छ भने अर्का साक्षी स्थानीय धनराज भुमीलाई भने पुर्पक्षका लागि सीधै थुनामा राख्ने आदेश भएको छ ।

महान्यायाधीवक्ताको कार्यालयले पंगेनीको यो आदेशलाई फौजदारी न्यायको विचलन भन्दै त्यसविरुद्ध पुनरावेदन गर्ने भएको छ ।

मुगुका दीपक बुढा, वाँचे रोकाया, राजन रोकाया, राई रोकाया र सिंह रोकायाले १८ वर्षे मोहनकुमार शाहीको हत्या गरेको भन्दै उनीहरु विरुद्ध जाहेरी परेको थियो ।

प्रहरीले बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलले मुद्दा दायर गरेका थिए । घटनाका साक्षीलाई उपाध्यायले बकपत्र गर्न इजलाशमा झिकाएका थिए । कानूनमा कुनै पनि मुद्दाका साक्षीलाई तिनको गोप्यताको संरक्षण गर्नु पर्ने, अदालतमा बयान दिन जाँदा भत्ता दिनु पर्ने र आवश्यक परे सुरक्षासमेत दिनु पर्ने प्रावधानहरु छन् ।

तर पंगेनीको इजलाशले भने कानूनी प्रावधानको ठीक विपरित साक्षीलाई नै सजाय गर्ने अनौठो फैसला गरेपछि त्यसबारे हल्लीखल्ली भएपछि परिषदले अनुसन्धानका लागि आवश्यक कागजपत्र झिकाउन लागेको हो । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना

जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११