उपनिर्वाचनको तयारी पुरा, माहौल अझै तातेन

३० जेष्ठ २०७१, शुक्रबार ०५:५४ मा प्रकाशित

काठमाडौं, ३० जेठ । संविधानसभा सदस्यको चार सीटका लागि असार ८ गते हुने उपनिर्वाचन आउन ८ दिन मात्र रहदा पनि निर्वाचनको माहौल बन्न सकेको छैन ।

चारवटै क्षेत्रका गरी चुनावी मैदानमा राजनीतिक दल र स्वतन्त्रसमेत ७६ जनाको उम्मेदवारी परेको छ । उनीहरुले आ-आफ्नो ढंगले प्रचार अभियान चलाए पनि ती क्षेत्रमा मंसिर ४ को मतदानअघि जस्तो चुनावी उत्साह सुरु नभएको हो ।

निर्वाचन आयोले भने आफ्नो तर्फबाट सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । ‘आयोगले निर्वाचन बारे जानकारी दिने सहितका तयारीका काम गरेका छौ,’ प्रमुख निर्वाचन आयुक्त नीलकन्ठ उप्रेतीले भने, ‘यो देशब्यापी चुनाव नभएका कारण उपनिर्वाचनको सुवास सबैतिर नचलेको हुन सक्छ ।’

मंसिर ४ को निर्वाचनमा दुईरदुई स्थानबाट विजयी कांग्रेस र एमालेका शीर्ष नेताहरुले राजीनामा दिएपछि रिक्त भएका काठमाडौं-२, चितवन-४, बर्दिया-१ र कैलाली-६ मा उपनिर्वाचन हुन लागेको हो । ती क्षेत्रमा ९महिला र ६७ पुरुष उम्मेद्वार मध्ये १६ स्वतन्त्र छन् ।

प्रमुख आयुक्त उप्रेतीका अनुसार चार क्षेत्रका १३७ मतदान स्थलमा ३२४ मतदान केन्द्रमा विद्युतिय मतदान यन्त्रबाट मतदान हुने छ । मंसिर ४ को निर्वाचनमा पनि आयोगले विद्युतिय यन्त्र प्रयोग गर्न चाहे पनि समानुपातिक निर्वाचन प्रणाली तर्फ उम्मेद्वारी दिने दलको संख्या अध्याधिक भएका कारण संभव भएको थिएन ।

चारवटा निर्वाचन क्षेत्रमा प्रत्येक मतदान केन्द्रमा एक नियन्त्रण इकाइ र उम्मेदवारको संख्याको आधरमा एकभन्दा बढी ब्यालेट युनिट प्रयोग हुने उनले बताए ।  काठमाडौंका हरेक मतदान केन्द्रमा एक नियन्त्रण इकाई र तीनवटा ब्यालेट युनिट आवश्यक पर्छ ।

काठमाडौंमा ३९ मतदान स्थल र ९० मतदान केन्द्र, चितवनमा ३१ मतदान स्थल र ८१  मतदान केन्द्र, बर्दियामा ३७ मतदान स्थल र ७८ मतदान केन्द्र साथै कैलालीमा ३० मतदान स्थल र ७५ मतदान केन्द्र रहेका छन् । निर्वाचनमा मतदान अधिकृत सहित करिब ३ हजार ५६४ जना खटाउने आयोगको तयारी छ । विद्युतिय यन्त्र सहितका निर्वाचन सामग्री सम्बन्धीत क्षेत्रको सदरमुकाममा पुगिसकेकाले शुक्रबार देखि मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम सुरु हुने उप्रेतीले बताए ।

निर्वाचन आयोगका अनुसार चार क्षेत्रका कुल मतदाता संख्या २ लाख ५ हजार ३०४ छ । त्यसमध्ये १ लाख २८ हजार ८८७ महिला १ लाख २२ हजार ४११ पुरुष र ६ जना तेस्रो लिङ्गी छन् । मंसिर ४ को निर्वाचनमा झण्डै ८० प्रतिशत मतदाताले मताधिकारको प्रयोग गरेपनि प्रत्यक्षतर्फ तीन प्रतिशत भन्दा बढि र समानुपातिक तर्फ ४ प्रतिशत भन्दा बढि मत रद्द  भएको थियो । विद्युतिय यन्त्रबाट मतदान गर्दा मत बदरको संभावना हुँदैन । २०६४ को संविधानसभा चुनावमा काठमाडौं-१ र उपनिर्वाचनका सबै क्षेत्रमा विद्युतिय मतदान यन्त्रको सफल प्रयोग भएको थियो ।

आयोगले उपनिर्वाचन पर्यवेक्षणका लागि ११ वटा राष्ट्रिय पर्यवेक्षक संस्थालाई अनुमति दिएको छ । पर्यवेक्षक संस्थाले चारवटै निर्वाचन क्षेत्रमा पर्यवेक्षक खटाउनुपर्ने र मतदान कार्य सम्पन्न भएको ४५ दिनभित्र आयोगमा प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था छ । पर्यवेक्षणमा खटिने पर्यवेक्षकले मतदाता नामावलीमा नाम समावेश रहेको मतदान स्थलबाहेक अन्य स्थानमा मात्रै पर्यवेक्षण गर्न पाउने छन् ।

निर्वाचन आयोगले मतदानलाई स्वच्छ, निष्पक्ष र विश्वसयिन बनाउन परिमार्जित आचारसंहिता लागू गरेको छ । नयाँ ब्यवस्था अनुसार चुनवा प्रचारका लागि मोटर साइकल, मोटर तथा सवारी साधनसम्बन्धी र्‍याली गर्न पाईदैन । आयोगले नेपाल सरकार, सरकारी तथा अर्धसरकारी संस्था, स्थानीय निकाय र राजनीतिक दलका लागि गत बैशाख ५ गते देखि र उम्मेदवारका लागि जेठ ११ गते र सञ्चारमाध्यम र गैरसरकारी संघ संस्थालका लागि जेठ १८ गतेदेखि  आचार संहिता लागू गरेको छ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले