दश प्रतिशतले मूल्यवृद्धि

२९ जेष्ठ २०७१, बिहीबार १७:१५ मा प्रकाशित

काठमाडौं, २९ जेठ । चालु आर्थिक वर्षको दश महिनामा ९ दशमलव ७ प्रतिशतले मूल्यवृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष ८ दशमलव ७ प्रतिशतले मूल्यवृद्धि भएको थियो ।
सो अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ११ दशमलव ६ प्रतिशतले वृद्धि भई एक खर्ब ३७ अर्ब ४७ करोड पुगेको छ । अघिल्लो वर्ष ८ दशमलव ३ प्रतिशत वृद्धि भएको थियो ।
राष्ट्र बैंकले आज जारी गरेको प्रतिवेदनमा चालु आर्थिक वर्षको दश महिनामा विदेशी विनिमय बजारबाट अमेरिकी डलर दुई अर्ब ८६ करोड खुद खरिद गरी दुई खर्ब ८३ अर्ब ३३ करोड बराबरको खुद तरलता प्रवाह गरेको उल्लेख छ ।
उक्त अवधिमा सरकारी बजेट रु ५८ अर्ब ५७ करोडले बचत रहेको छ । अघिल्लो वर्षमा त्यस्तो बचत रु ४७ अर्ब ३३ करोडमात्र थियो । सो अवधिमा कुल सरकारी खर्च २ दशमलव ५ प्रतिशतले वृद्धि भई रु दुई खर्ब ६५ अर्ब ४१ करोड भएको छ ।
सरकारको राजस्व परिचालन १९ दशमलव ४ प्रतिशतले वृद्धि भई रु दुई खर्ब ८० अर्ब चार करोड पुगेको जनाइएको छ । अघिल्लो वर्षको सोही अवधिमा २३ दशमलव ३ प्रतिशतले वृद्धि भई रु दुई खर्ब ३४ अर्ब ४५ करोड जम्मा भएको थियो ।
सो अवधिमा समग्र सोधनान्तरस्थिति रु एक अर्ब १५ अर्ब २६ करोडले बचत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा त्यस्तो बचत रु ३८ अर्ब ६० करोड रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारको स्वामित्वमा सञ्चालित हेटौडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित घ्यू जापानमा निर्यात हुन थालेपछि माग समेत बढेको छ । आयोजनाका प्रमुख

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार

काठमाडौं । आफूलाई घरखर्च चलाउन वा कुनै व्यावसायिक काम गर्नका लागि तपाईंले बैंक तथा वित्तीय संस्थामा धाएर नै जानुपर्ने बाध्यताको

काठमाडौं । कोरोना महामारीको प्रभाव कम हुँदै जाँदा विदेशी वस्तुको आयातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार