महासचिव मुन द्धारा नेपालमा दलहरुको छलफल र नागरिका आवाज प्रति चासो ब्यक्त

२ जेष्ठ २०६९, मंगलवार १२:०७ मा प्रकाशित

काठमाडौ, २ जेठ । सयुक्त राष्ट्रसंघले संघियताको मागलाई लिएर नेपालमा भइरहेको बन्द हड्तालका विषयमा चासो र चिन्ता जनाएको छ । राष्ट्रसंघीय महासचिव बान कि मुनले आसन्न संघीय नेपालका बिषयलाई लिएर नेपालमा दिनहुँ भइरहेका प्रदर्शनप्रति चिन्ता ब्यक्त गर्नुभएको छ । वानका प्रवक्ताले एक बिज्ञप्ति निकाली नेपालका राजनीतिक दलहरुलाई आ—आफ्ना असहमतिबाट माथि उठेर जनआकांक्षा सम्बोधन गर्न आग्रह गर्नु भएको छ । नयाँ संघीय संरचनामा आफ्नो ठगिने डर मानिरहेका समुदायलाई पनि आश्वस्त पार्न जरुरी रहेकाले सीमान्तकृत समुदायको आवाजलाई सम्बोधन गरिनुपर्छ बानको बिज्ञप्तिमा भनिएको छ । आसन्न संघीय राज्यको नाम र सीमाका बिषयलाई लिएर पछिल्ला दिनमा नेपालमा निरन्तर भइरहेको बन्द, हडताल तथा झडपको अवस्थामा प्रति चिन्ता व्यक्त गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस