प्रदेश र शासकीय स्वरुपमा काग्रेसले आफ्नो अडान नछाड्ने

२ जेष्ठ २०६९, मंगलवार १२:०३ मा प्रकाशित

काठमाडौ, २ जेठ । शासकीय स्वरुप र राज्य पुनरसंरचनाका बिषयमा कांग्रेसको नेतृत्वले पार्टीका केन्द्रिय सदस्य र सभासदहरुसँग आज बिहान छलफल गरेको छ । पार्टी सभापति सुशील कोइरालाको महाराजगञ्ज स्थित निवासमा भएको छलफलमा पार्टी नेतृत्वले आहिलेसम्मका वार्ताहरुमा भएको छलफलका बारेमा जानकारी गराएको थियो । बैठकमा सभापति कोइरालाले कांग्रेस आफ्नो अडानमा स्पष्ट रहेका जानकारी गराउनु भएको थियो । बैठकमा सुझाव दिदै केन्द्रीय सदस्यहरुले नेतृत्वले लिएको अडानको समर्थन गर्दै गंभीरताका साथ सहमतिमा पुग्न आग्रह गरेका थिए । बैठकपछी पार्टी उपसभापति रामचन्द्र पौडेलले नेतृत्वले लिएको अडानमा साथीहरुले सहमति रहेको र आफूहरु सही निर्णय लिने बताउनुभयो । केन्द्रीय सदस्य डाक्टर रामशरण महतले पार्टीले अगाडी सारेका ८ र ११ प्रदेशको खाकामा अडिक रहन नेतृत्वलाई सुझाब दिइएको जानकारी दिनु भयो । शासकीय स्वरुपका संबन्धमा हिजो तीन दलहरुबीच भएको सहमतिलाई अन्तिम रुप दिदा संसद प्रति उत्तरदायी प्रधानमन्त्री कार्यकारी हुने व्यबस्थामा अडान कायम राख्नुपर्ने सुझाव पनि बैठकका सहभागिहरुले दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस