निष्ठाको राजनीति सबैका लागि अनुकरणीयः पौडेल

२९ जेष्ठ २०७१, बिहीबार १२:५९ मा प्रकाशित

काठमाडौं, २९ जेठ । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले नेपालको प्रजातान्त्रिक आन्दोलनमा शैलजा आचार्यले गरेको योगदान महत्वपूर्ण भएको बताएका छन् ।

आचार्यको पाँचौँ स्मृति दिवसका अवसरमा शैलजा आचार्य स्मृति प्रतिष्ठानले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा पौडेलले शैलजाले गरेको निष्ठाको राजनीति सबैका लागि अनुकरणीय भएको बताए ।

‘राष्ट्र र लोकतन्त्रका लागि आफूलाई सधैँ जोखिममा राख्नुभएकी नेत्री आचार्य साहसिक योद्धा हुनुहुन्थ्यो,’ उनले भने । नेपालको जारी संविधान लेखन प्रक्रियालाई सम्पन्न गरेर देशलाई समृद्ध बनाउन सकेमा मात्र आचार्यप्रतिको सच्चा सम्मान हुने उनले बताए ।

उपप्रधानमन्त्री प्रकाशमान सिंहले आचार्यको जीवनीबाट धेरै कुरा सिक्नु आवश्यक भएको बताए । उनले देश र जनताको स्वतन्त्रताका लागि आचार्यले गरेको सङ्घर्ष चिरकालसम्म जीवन्त रहने बताए ।

कांगे्रसका महामन्त्री कृष्णप्रसाद सिटौलाले आचार्यको आदर्श र दृढता जस्ता कुरा राजनीतिकर्मीका लागि सधैँ पे्ररणाको स्रोत हुने बताए । उनले आचार्यको जीवन नेपाली समाज र राष्ट्रप्रति समर्पित भएको उल्लेख गरे ।

सहमहामन्त्री पूर्णबहादुर खड्का, प्रतिष्ठानका अध्यक्ष अम्बिका बस्नेत, आनन्द ढुङ्गानालगायतले संविधानसभाबाट संविधान जारी गरी देशलाई पूर्ण लोकतान्त्रिक मार्गमा उन्मुख गराउन सके मात्र आचार्यको सपना साकार हुने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०

नेपाल फ्रान्स कुटनीतिक सम्बन्ध स्थापनाको ७०औ वर्षगाँठको उपलक्ष्यमा प्रकाशित स्मारिका “कर्म” को नेपालस्थित फ्रान्सेली राजदूत फ्रन्स्वा जाभिए लेजेर पेरिसस्थित नेपाली

काठमाडौं । पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन

काठमाडौं । सरकारले फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ