विवाद मिलाउन मोर्चा सहित तीन दलको बैठक सुरु

२ जेष्ठ २०६९, मंगलवार ०९:४० मा प्रकाशित

काठमाडौ, २ जेठ । संविधान निर्माणका क्रममा देखिएका विवादहरुलाई मिलाउने बारेमा छलफल गर्न  मधेसी मोर्चा सहित प्रमुख दलका शिर्ष नेताहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा हिजो भएको सहमतिका आधारमा विषयहरुलाई छोट्याउँदै लैजाने नेताहरुले बताएका छन् । शासकीय स्वरुपमा मिश्रीत प्रणाली अपनाउने र राज्यपुनर्संचनाको काम विस्तारित संसदलाई जिम्मा लगाउने सहमति भए पनि अन्तिम टुङ्गो लागिसकेको छैन । राष्ट्रपति र प्रधानमन्त्री दुईटैलाई अधिकार दिने सहमति भए पनि कति अधिकार बाँडफाँड गर्ने भन्नेमा सहमति भइसकेको छैन । मधेसी जनअधिकार फोरम गणतान्त्रिकका कार्यवाहक अध्यक्ष राजकिशोर  यादवले हिजो धेरै विषयमा सहमति नजिक पुगेको तर एउटा विषयमा पनि अन्तिम निचोड नआइसकाले आजको बैठक त्यसमा केन्द्रित रहने बताउनुभयो । यादवले जेठ १४ मा पूर्ण संविधान जारी गर्ने सम्भावना नरहेकाले त्यसको विकल्पका वारेमा समेत दलहरुबीच छलफल भइरहेको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ

झापा । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ