सेनामा अझै अर्दली

२९ जेष्ठ २०७१, बिहीबार ०७:३७ मा प्रकाशित

काठमाडौं, २९ जेठ । विक्रम बस्नेत (नाम परिवर्तन) नेपाली सेनामा भर्ती भएको १४ वर्ष भयो। अवकासप्राप्त जरसापका अर्दली हुन् उनी। सात वर्षदेखि उनी एउटै घरमा छन्। आफ्नो पोस्टिङ भएको ब्यारेक विक्रमले देखेकै छैनन्।

सेवा–सुविधा उनी काठमाडौंमै बुझ्छन्। जहिलेदेखि जरसापको घरमा अर्दली बनेर गए, त्यसै दिनदेखि उनले सेनाको जवानले दैनिक गर्नुपर्ने व्यायम गर्न भ्याएका छैनन्। सैनिक तालिम पनि गर्न छाडे। अल्छी मानेर होइन, नभ्याएर।

‘घरका मान्छे नउठ्दै आफू उठिसक्नुपर्छ, सबै घरधन्दा भ्याउनुपर्छ,’ नाम उल्लेख नगर्न सम्झाउँदै विक्रम भन्दै थिए, ‘चियादेखि खाना पकाउने, कपडा धुने, भाँडा माझ्ने, घरका साना बालबालिकालाई स्कुल पुर्या उनेदेखि किनमेलसम्म भ्याउनुपर्छ।’

उनको कार्यालय नै सेनाको ब्यारेक वा गण होइन, जरसापकै घर–कम्पाउन्ड हो। अधिकांश समय जरसापलाई अफिसियल काममा सघाउने होइन, उनका परिवारलाई घरेलु काममा सघाउनमै बित्छ।

बिहान उठ्यो, चियानास्ता तयार पार्योन। घरका सबै सदस्यलाई खुवायो। त्यसपछि खाना पकाउने, खुवाउने र भान्सा सफा गर्ने। अनि घर सरसफाइ र बगैंचा गोडमेलको पालो। मैला कपडा धुने। पाहुनाको स्वागत। तरकारी, फलफूल किनमेल। दिउँसो खाजा तयार पार्ने, अनि राति सबैलाई खुवाएपछि आफू खाने। त्यसपछि भान्सा सफा गरेर सुत्ने। सात वर्षदेखि उनको दैनिकी यसरी नै चल्दैछ।

यो अर्दली भनेको के होरु उनलाई नै थाहा छैन। अकमकिँदै भन्छन्, ‘घरको काम गर्ने भनेको होला।’ जागिर सेनामा भए पनि उनी जरसापकोमा घरेलु कामदार छन्, तलब भने राज्यको ढुकुटीबाट पाउँछन्।

विक्रम नेपाली सेनामा कार्यरत एक्ला अर्दली होइनन्। उच्च सैनिक स्रोतका अनुसार सेनामा ४ हजारभन्दा बढी तल्लो तहका सैनिक जवान उच्च सैनिक अधिकृतका घरमा अर्दलीका रूपमा कार्यरत छन्। अफिसियल काममा सहयोग पुर्याजउने भन्दै उच्च सैनिक अधिकृतहरूलाई अर्दली दिइए पनि धेरैजसो घरेलु काममा प्रयोग गराइन्छ। बहालवालालाई मात्र होइन, अवकासप्राप्त उच्च सैनिक अधिकृतलाई समेत अर्दली दिने चलन छ।

व्यवस्थापिका संसद राज्यव्यवस्था समितिले उच्चपदस्थ व्यक्ति, भूपू सैनिक र बहालवाला अधिकृतहरूको सुरक्षार्थ खटाइएका पदिक र जवानहरूलाई घरेलु कामदारका रूपमा प्रयोग गरे दण्डनीय बनाउने सम्बन्धमा आवश्यक कानुन तर्जुमा गर्न सरकारलाई निर्देशन दिए पनि न सेनाले अर्दली राख्न रोकेको छ, न अर्दलीलाई घरेलु कामदार बनाउने सैनिक अधिकृतलाई कारबाही नै भएको छ।

‘अर्दली होइन, सहयोगी’

नेपाली सेनाका प्रवक्ता सहायकरथी जगदीशचन्द्र पोखरेल भने सैनिक जवानलाई ‘अर्दली’ नभनी ‘सहयोगी’ भनेर उच्च सैनिक अधिकृतकहाँ पठाउने गरिएको बताउँछन्।
ुनेपाली सेनाले नियम नै बनाएको छ, कसले कति सहयोगी पाउने भनेर। त्यहीअनुसार उच्च सैनिक अधिकृतका लागि सहयोगी पठाउने गरिएको छ। अर्दली शब्द प्रयोग गरेका छैनौं,ु पोखरेलले भने। नागरिक दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०

नेपाल फ्रान्स कुटनीतिक सम्बन्ध स्थापनाको ७०औ वर्षगाँठको उपलक्ष्यमा प्रकाशित स्मारिका “कर्म” को नेपालस्थित फ्रान्सेली राजदूत फ्रन्स्वा जाभिए लेजेर पेरिसस्थित नेपाली

काठमाडौं । पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन

काठमाडौं । सरकारले फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ