बबरमहल बमकाण्डमा मारिनेको परिवारलाई साढे आठ लाख राहत दिईने

२ जेष्ठ २०६९, मंगलवार ०९:३८ मा प्रकाशित

काठमाडौ, २ जेठ । सरकारले तीन जनाको ज्यान जाने गरी भएको बबरमहल बम काण्डका मृतकका परिवारलाई प्रति परिवार ८ लाख ५० हजार रुपैया राहत दिने भएको छ ।
आज बसेको मन्त्री परिषदको बैठकले त्यस्तो निर्णय गरेको हो । जातीय मुक्ती मोर्चाले सो घटनाको जिम्मा लिएको थियो ।

बैठकले पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न सरकारले नेपाल आयल निगमलाई फेरि २ अर्ब १० करोड रुपैया ऋण दिने भएको छ ।
त्यसैगरी बैठकले बैंककमा हुने राष्ट्रसंघको एक बैठकमा भाग लिन जान योजना आयोगका उपाध्यक्ष दिपेन्द्र बहादुर क्षेत्रीलाई अनुमति दिने र ओएचसिआरले नेपाल बार एसोसिएसनलाई दिएको एक गाडी ल्याउन भन्सार छुट दिने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । केटोन्जी ब्राउन ज्याक्सन अमेरिकी सर्वोच्च अदालतको पहिलो अश्वेत महिला न्यायाधीश बनेकी छन् । उनले गएराती राति पद तथा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी अस्पतालबाट डिस्चार्ज भएका छन् । असार १३ गते काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना भएका

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा