तराई बन्दको दोस्रो दिन विहानैदेखि प्रभाव

२ जेष्ठ २०६९, मंगलवार ०८:४७ मा प्रकाशित

काठमाडौ, २ जेठ । पहिचान सहित जातिय राज्यको मागगर्दै थारु संयुक्त संघर्ष समितिले आह्वान गरेको ५ दिने तराई बन्दको प्रभाब आज दोस्रो दिन पनि तराईका जिल्लाहरुमा विहानैदेखि परेको छ । जातिय पहिचान सहितको संघियराज्य स्थापितका लागि दबाब स्वरुप “सघिय पक्षधर संयुक्त सघर्ष समिति”ले हिजोदेखि बन्दको आह्वान गरेको हो । यातायातका साधन सञ्चालनमा आउन सकेका छैनन, भने ब्यापारब्याबसाय समेत ठप्प छन् । बन्दका कारण शिक्षण संस्था समेत प्रभावित भएका छन् । बन्दकर्ताले दाङमा कमल बहुउदेश्य सहकारी संस्था तुलसीपुरद्धारा सञ्चालित एम्बुलेन्समाथी तोडफोड गरेका छन् । तुलसीपुरबाट गम्भीर बिरामीलाई कोहलपुर मेडिकल कलेज लिएर गएको सहकारी संस्थाद्धारा सञ्चालित रा १ च ३७० नम्बरको एम्बुलेन्सलाई बन्दकर्ताले बाँकेको कोहलपुर नजिकै तोडफोड गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं- सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच

नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने

काठमाडौँ । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई