संसद अवरुद्ध कार्य गैरजिम्मेवार विपक्षी दलः रिजाल

२८ जेष्ठ २०७१, बुधबार १२:३३ मा प्रकाशित

विराटनगर, २८ जेठ । सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले प्रतिपक्षी दलहरूको संसद अवरुद्ध गर्ने कार्य गैरजिम्मेवारीपूर्ण भएको टिप्पणी गरेका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री रिजालले संसदबाट समाधान गर्नुपर्ने विषय संसद अवरुद्ध गरेर प्रतिपक्षले गलत कार्य गरेको बताए ।
‘संसदमा आफ्ना कुरा राख्ने तर सरकार र सरकारमा रहेका दलहरूको कुरा सुन्न नमान्दा अवरुद्ध खुलाउन समस्या भएको छ,’ उनले भने ।
मन्त्री रिजालले सहमतिको बाध्यकारी व्यवस्थाले २६ सभासद मनोनीत गर्न नसकिएको बताए । उनले भने, ‘सहमतिको बाध्यकारी व्यवस्थाले २६ जना सभासद मनोनयनमा समस्या भएको छ ।’
उनले दलहरूले आफ्नो गोरुको बाह्र्रै टक्का गर्न छाड्नु पर्ने बताए । ‘दलहरूको आन्तरिक विवादका कारणले पनि सभासद् मनोनयन गर्न सरकारले सकेको छैन,’ रिजालले भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सत्तारुढ नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा निर्णय नलिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास

काठमाडौं । विगत् १० महिनादेखि श्रीलंका कारागारमा रहेका २६ नेपाली महिला तत्काल छुट्ने सम्भावना नरहेको श्रीलंकास्थित नेपाली दूतावासले जनाएको छ

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले भेटवार्तालाई तीव्र पारेका छन् । बिहीबार बामदेव गौतमसँगको भेटवार्तापछि

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना