खुला सिक्स–ए–साइड फुटबल जारी

२८ जेष्ठ २०७१, बुधबार १०:२९ मा प्रकाशित

काठमाडौं, २८ जेठ । आयोजक गंगाहिटी प्रथम खुला सिक्स ए साइड पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । गंगाहिटीले गुरु गणेशलाई टाइब्रकेरमा ५–३ ले पराजित ग-यो । निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो ।
पेनाल्टीमा गंगाहिटीका राज शाही, सुवास लामा, तेज लामा, मार्टिन र सौगात खनालले गोल गरे । गुरु गणेशका सुवास गुरुङ, विकास गौचान र सुनील लामाले गोल गरे ।
छिरबिरे फुटबल क्लबले मंगलबार भएको अर्को खेलमा फिट्नेस मन्त्रलाई पेनाल्टीमा ३–१ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित ग-यो । निर्धारित समयको खेल १–१ को स्थितिमा टुंगिएको थियो । निर्धारित समयको २३ औं मिनेटमा सरोज दाहालले फिट्नेसलाई अग्रता दिलाए । छिरबिरेका किरण शाहीले २४ औं मिनेटमा बराबरी गोल फर्काएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।
छिरबिरेका पले खड्का, सुनील बस्नेत र सुरज खातीले पेनाल्टी अवसरलाई सदुपयोग गरे । फिट्नेसका ठाकुर श्रेष्ठ मात्र गोल गर्न सफल रहे ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुललाई चेल्सीले १–० ले हराएको छ । गएराति लिभरपुलको मैदानमा भएको खेलमा

सेभिया । उपाधि दावेदार बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सेभिया विरुद्धको सेमिफाइनल खेल समग्रमा

रोम । पोर्चुगिज खेलाडी क्रिश्चियानो रोनाल्डोले क्लब फुटबलमा नयाँ कीर्तिमान बनाएका छन् । उनी इटालियन फुटबल क्लब युभेन्टसबाट क्लब फुटबल

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा एभर्टनले साउथह्याम्पटनलाई १–० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा एभर्टनलाई विजयी