बाघमा पनि नेपाल-भारत सँगै

२८ जेष्ठ २०७१, बुधबार ०५:५२ मा प्रकाशित

काठमाडौं, २८ जेठ । नेपाल र भारतका १० वटा संरक्षित क्षेत्रका बाघबारे दुई देशले संयुक्त प्रतिवेदन तयारी थालेका छन् ।

प्रतिवेदन लेखनमा नेपालबाट राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट महेश्वर ढकाल र भारतबाट राष्ट्रिय बाघ संरक्षण प्राधिकरणका एसपी यादव संलग्न छन् । संयुक्त प्रतिवेदन तीन महिनापछि बंगलादेशमा हुने बाघ पाइने १३ देशको सम्मेलनमा प्रस्तुत गरिनेछ ।

नेपालतर्फका पर्सा र शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा चितवन, बर्दिया र बाँके निकुञ्जमा एकै पटक २०१३ मा गरिएको गणनाबाट १९८ बयस्क बाघ यकिन गरिएको थियो । त्यसै समयमा भारतर्फको वाल्मीकि, कतरनियाघाट, सोहेल्वा वाइल्डलाइफ रिजर्भ, पिलिभित टाइगर रिर्जभ र दुधवा राष्ट्रिय निकुञ्जमा पनि बाघ गणना गर्दा १ सय २ बयस्क बाघ भेटिएका थिए ।

नेपालको वागमती नदीदेखि पश्चिममा भारतको यमुना नदीसम्मको ४९ हजार ५ सय वर्गकिलोमिटर क्षेत्रमा सँगसँगै भू-परिधि कार्यक्रम चलिरहेकाले भू(परिधिस्तरको संरक्षणबारे सन्देश दिन बाघको संयुक्त प्रतिवेदन लेख्न लागिएको इकोलोजिस्ट ढकालले बताए । उनका अनुसार १० वटा बाघ नेपाल र भारततर्फको संरक्षित क्षेत्रतिर आउजाउ गर्ने गरेको पाइएको छ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना

जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न