आशामै बित्यो जिन्दगी

२८ जेष्ठ २०७१, बुधबार ०५:४८ मा प्रकाशित

काठमाडौं, २८ जेठ । जेष्ठ नागरिकलाई स्वास्थ्य र यातायातमा विशेष सुविधा दिनु पर्ने माग राखी थालिएको आन्दोलनमा ६२ बर्षे तेजकुमारी श्रीमानका साथ सधैजसो सहभागी हुन्थिन् ।

कोटेश्वर मनोहरामा बस्ने उनमा सरकारले आफ्ना मागहरु सम्बोधन गर्ला र आफूजस्ता जेष्ठ नागरिकको बुढेसकाल केही भए पनि सहज होला भन्ने आशा थियो । तर, ६२ बर्षे तेजकुमारी दाहालको त्यो इच्छा अधुरै रह्यो । आन्दोलन नसकिदै सोमबार उनी यस धर्तीबाटै बिदा भइन् ।

साठी वर्ष पुगेका जेष्ठ नागरिकलाई स्वास्थ्य उपचार र यातायात भाडामा आधा छुटको माग गर्दै बृद्धबृद्धाले थालेको आन्दोलन झण्डै डेढ बर्ष पुग्दा पनि सरकारले सम्बोधन गरेको छैन । समस्या सुनुवाई हुने आशामा दिनरात आन्दोलनमा धाउनेहरु एकपछि अर्को गर्दै उल्टै धर्तिबाटै बिदा हुन थालेका छन् ।

अहिलेसम्म आन्दोलनमा लागेका ६ जनाले ज्यान गुमाई सकेका छन् । तेजकुमारी र उनका श्रीमान गत शुक्रबारसम्म आन्दोलनमा सहभागी भएको सहभागीहरुले बताए । निमोनियाले थलिएकी उनलाई उच्च रक्तचापको पनि समस्या थियो ।

आन्दोलनमा निरन्तर सहभागी हुदै आएका सामाखुसीका ८६ वर्षे नरबहादुर खाँडको पनि इच्छा पुरा हुन पाएन । शरीरमा तागत हुन्जेल आन्दोलनमा लाग्ने र माग पुरा गराएरै छाड्ने अठोट उनले लिएका थिए ।

उनी आन्दोलनकै लागि सामाखुसीबाट बानेश्वर आइपुग्थे । कोटेश्वरका ८२ वर्षे रामु पोखरेल, जडीबुटीका ८७ वर्षे प्रेमहरी अमात्य, धापासीका बासु शर्मा लम्साल र मनोहराका ८० वर्षे लालबहादुर खत्रीले पनि आन्दोलनमा लाग्दालाग्दै ज्यान गुमाएका छन् । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना

जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न

जाजरकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग