संविधानका विवाद मिलाउने बारेमा छलफल गर्न दलहरुको बैठक बस्दै

२ जेष्ठ २०६९, मंगलवार ०८:४१ मा प्रकाशित

काठमाडौ, २ जेठ । संविधान निर्माणका क्रममा देखिएका विवादहरुलाई मिलाउने बारेमा छलफल गर्न  मधेसी मोर्चा सहित प्रमुख दलहरु आज पनि छलफलमा जुट्दैछन् । अहिले केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा हिजो भएको सहमतिका आधारमा विषयहरुलाई छोट्याउँदै लैजाने नेताहरुले बताएका छन् । शासकीय स्वरुपमा मिश्रीत प्रणाली अपनाउने र राज्यपुनर्संचनाको काम विस्तारित संसदलाई जिम्मा लगाउने सहमति भए पनि अन्तिम टुङ्गो लागिसकेको छैन । राष्ट्रपति र प्रधानमन्त्री दुईटैलाई अधिकार दिने सहमति भए पनि कति अधिकार बाँडफाँड गर्ने भन्नेमा सहमति भइसकेको छैन । मधेसी जनअधिकार फोरम गणतान्त्रिकका कार्यवाहक अध्यक्ष राजकिशोर  यादवले हिजो धेरै विषयमा सहमति नजिक पुगेको तर एउटा विषयमा पनि अन्तिम निचोड नआइसकाले आजको बैठक त्यसमा केन्द्रित रहने बताउनुभयो । यादवले जेठ १४ मा पूर्ण संविधान जारी गर्ने सम्भावना नरहेकाले त्यसको विकल्पका वारेमा समेत दलहरुबीच छलफल भइरहेृको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । दार्चुलाको महाकाली नदीमा व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएको घटनालाई लिएर युवा संघले काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय

काठमाडौं । सरकारले कोभिड युनिफाइड केन्द्रीय अस्पताल(वीर)को प्रमुख प्रशासकीय अधिकारी प्रा.डा. जागेश्वर गौतमलाई हटाएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार राज्यमन्त्रीस्तरीय निर्णय

काठमाडौं । मन्त्रिपरिषद् विस्तार र सरकारका न्युनतम साझा कार्यक्रम तय गर्न आज सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल हुँदैछ । नेकपा

कैलालीकी रुपकला विक बैंकमा कार्यरत कर्मचारी हुनुहुन्छ । उहाँको चार महिनाको बच्चा छ । सुत्केरी भएको दुई महिना बिदा सकेर