बौलाहा कुकुरको बिगबिगी

२७ जेष्ठ २०७१, मंगलवार २०:३० मा प्रकाशित

सुर्खेत, २७ जेठ । सुखेतको उत्तरपूर्वी क्षेत्रमा पर्ने रानीबास गाविसमा बौलाहा कुकुरको बिगबिगी बढेको छ ।

रानीबास–२ तल्लो रहकुलमा केही दिनदेखि बौलाहा कुकुरले मान्छे र पशुचौपायालाई टोक्ने गरेको स्थानीय शिक्षक प्रेमबहादुर बुढाले जानकारी दिए ।

बौलाहा कुकुरले टोकेर घाइते भएका स्थानीय चन्द्रबहादुर खड्काका छोरा कमल खड्का र अर्का बालक कर्णबहादुर बुढालाई उपचारका लागि आग्रगाउँमा रहेको मेडिकलमा पुराइएको छ ।

बौलाहा कुकुरको टोकाइबाट तल्लो रहकुलमा अहिलेसम्म भैँसी र गाई गरी छ वटा पशुचौपाया मरिसकेको शिक्षक बुढाले जानकारी दिए । गाउँमा अहिलेसम्म स्वास्थ्यकर्मीको टोली पुग्न सकेको छैन । गाउँमा दिनदिनै बौलाहा कुकुरले आतङ्क मच्चाएपछि गाउँले त्रसित भएको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

सिओल । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज कोरियाले रु दुई लाख ८३ हजार ५०० आर्थिक सहयोग

धादिङ । एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन् । त्रिपुरासुन्दरी १ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य