एमालेको महाविधेशनको चिन्हमा ‘राष्ट्रिय झण्डा’को दुरुपयोग

२७ जेष्ठ २०७१, मंगलवार १६:१९ मा प्रकाशित

काठमाडौं, २७ जेठ । सत्तारुढ दल नेकपा (एमाले)ले राष्ट्रिय झण्डालाई मुनी राखेर नवौँ आफ्नो राष्ट्रिय महाधिवेशनको चिन्ह बनाएको छ ।
एमालेले आज जारी गरेको विज्ञप्ति र महाधिवेशनको चिन्हमा पार्टीको झण्डा र चुनाव चिन्ह मुनी राष्ट्रिय झण्डा राखिएको उल्लेख छ । चुनाव चिन्ह सूर्यको बिचमा ‘सिपिएनयुएमएल’ तथा हँसिया हथौडा अंकित झण्डाको मुनी दुई झुम्कामा सूर्य र चन्द्र अंकित राष्ट्रिय झण्डा राखिएको छ ।
एमालेले महाधिवेशनको चिन्ह सार्वजनिक गरे लगत्तै ‘राष्ट्रिय झण्डा’ दुरुपयोग गरेको भन्दै आलोचना सुरु भएको छ । पार्टी महाधिवेशनमा एमालेले ‘राष्ट्रिय झण्डा’ दुरुपयोग गरेको आलोप लागेको छ । ‘राष्ट्रिय झण्डा प्रयोग गर्नुनै थियो भने माथि राखेको भए हुने थियो,’ एमालेकै एक जना केन्द्रीय सदस्यले भने, ‘यो त मलाई पनि मन परेको छैन ।’
‘आजैदेखि नवौं राष्ट्रिय महाधिवेशनको लोेगो सार्वजनिक गरिएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘लोगोमा प्रस्तुत रातो रङ्गले पार्टीको क्रान्तिकारी–रूपान्तरणकारी चरित्रलाई अभिव्यक्त गर्छ भने सुनौलो रङ्गले पार्टीले निर्माण गर्न चाहेको समृद्ध नेपालको भावनालाई प्रतिनिधित्व गर्छ ।’
‘नीलो रङ्गले शान्तिप्रतिको प्रतिबद्धतालाई झल्काउँछ,’ एमालेले भनेको छ, ‘राष्ट्रिय झण्डाको साङ्केतिक बिम्बले राष्ट्रियताप्रतिको पार्टीको निष्ठालाई व्यक्त गर्दछ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको

काठमाडौँ । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी(नेकपा) राख्ने निर्वाचन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी