प्रचण्ड निवासमा बसेको शिर्ष नेताहरुको बैठक पनि निष्कर्ष बिहिन

१ जेष्ठ २०६९, सोमबार २२:०८ मा प्रकाशित

काठमाडौ, १ जेठ । दिनहु जसो सहमतिको लागि भन्दै बस्ने गरिएको शिर्ष नेताहरुको बैठक सोमबार साँझ पनि माओवादी अध्यक्ष प्रचण्डको लाजिम्पाटस्थित निवासमा बस्यो र बैठक बिना निष्कर्ष सकियो । संबिधान जारी गर्ने अन्तिम दिन नजिकिदै गर्दा प्रमुख दलहरुले सहमतिको लागि भन्दै दिनहु जसो एक पक्षीय र बहु पक्षीय बैठक बस्दै आएका छन् । यसै क्रममा सोमबार साँझ माओवादी अध्यक्ष प्रचण्ड निवासमा मधेसी मोर्चा सहित प्रमुख तीन दलका १२ शीर्ष नेताहरु सहभागी रहेको बैठक पनि सहमति बिनानै टुङ्गिएको हो । बैठकपछि एमाले नेता माधवकुमार नेपालले संचारकर्मीलाई दिएको जानकारी अनुसार आजको बैठकमा दलहरु सहमति निकट पुगेको र भोलि सहमति सार्बजनिक हुनेछ । काँग्रेस नेता रामचन्द्र पौडेलले राज्य पुनर्संरचनाका विषयमा छलफल भएको र भोलि निष्कर्षमा पुग्ने गरी आजको बैठक सकिएको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले