उपत्यकाव्यापी बृहत्त विज्ञान प्रर्दशनी हुने

२७ जेष्ठ २०७१, मंगलवार १२:१० मा प्रकाशित

काठमाडौं, २७ जेठ । विज्ञान शिक्षक समाज नेपालको आयोजनामा जेठ ३० र ३१ गते दुई दिन उपत्यकाव्यापी बृहत्त विज्ञान प्रर्दशनी–२०७१ हुने भएको छ ।

काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरेर विज्ञान शिक्षक समाज नेपालले विज्ञान र प्रविधिको विकासमा देशलाई आत्मनिर्भर बनाउनका लागि सहयोग पुग्ने हेतुका कारण राजधानीको पेन्टागन इन्टरनेसनल कलेजको प्राङ्गणमा प्रदर्शनी आयोजना गर्न लागेको जानकारी दिएको हो ।

समाजका अध्यक्ष खिल कुमार प्रधानले विज्ञान र प्रविधिको विकासका लागि निरन्तर आफ्नो संस्थाले योगदान पुराउादै आएको स्मरण गर्दै आगामी दिनमा पनि विज्ञान र प्रविधिको विकास र प्रर्वद्धनलाई निरन्तरता दिइने बताए ।

समाजका महासचिव विजयकान्त मिश्रले कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जनानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

सिड्नी । अष्ट्रेलियाले पहिलो पटक गुगल र फेसबुकले समाचार सामाग्री राखेबापत सम्बन्धित समाचार संस्थालाई पैसा तिर्नु पर्ने कानुन पारित गरेको

बेइजिङ । अमेरिकी प्रतिबन्धसँग जुझिरहेको चिनियाँ प्रविधि कम्पनी हुवावेले फोल्ड गर्न मिल्ने मोबाइल फोन सार्वजनिक गरेको छ । आठ इन्च

अमेरिकी अन्तरिक्षयान पर्सिभिअरेन्स पृथ्वीबाट उडेको करिब सात महिना पछि मङ्गल ग्रहको सतहमा सफल अवतरण गरेको छ । नेपाली समयानुसार आज

हिमाली जिल्ला सोलुखुम्बुमा फोर जी सेवा पुनः सञ्चालनमा आएको छ । जिल्लामा निर्माण हुने ३८ वटा फोर लेग टावरमध्ये छ