एसियाड लनटेनिसका लागि १२ खेलाडी छनोट

२७ जेष्ठ २०७१, मंगलवार ०९:२१ मा प्रकाशित


काठमाडौं, २७ जेठ । अखिल नेपाल लनटेनिस संघले आसन्न १७ औं एसियाली खेलकुदका लागि समान ६–६ पुरुष र महिला गरी १२ खेलाडीको अन्तिम छनोट गरेको छ ।
महिलामा माहिका राणा, विभूति कार्की, एनी माथेमा, मायांका राणा, इरा मेहेरमिसा राउत र विजिशा श्रेष्ठ रहेका छन् । पुरुषमा जितेन्द्र परियार, अभिषेक बाँस्तोला, सन्तोष खत्री, संरक्षकभूषण बज्राचार्य, दावा शेर्पा तथा सक्षम कार्की छन् ।
यसैबीच, एसियाड टिटी छनोटमा शिव र एलिनाले अपराजित यात्रा कायमै राखेका छन् । दक्षिण कोरियाको इन्चोनमा हुने १७ औं एसियाली खेलकुदका लागि टेबलटेनिस खेलाडी छनोट प्रतियोगिताको सुपर लिगको चौथो चरणको खेल सकिँदा पुरुषमा एपीएफका शिवसुन्दर गोथे र महिलामा नेपाल प्रहरीकी एलिना महर्जन दुवैले सोमबारसम्म चारै खेलमा जित हात पार्दै अपराजित छन् ।
सुपर लिगमा पुरुष र महिलातर्फ समान ८–८ खेलाडी समावेश छन् र सबैले सबैसंग खेल्नु पर्नेछ । बाँकी तीन चरणमा खेल छनोटको अन्तिम दिन मंगलबार हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

न्यूजिल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पाँच खेलको ट्वान्टी–ट्वान्टी क्रिकेट सिरिजको चौथो खेलमा शानदार जित हात परेको छ । घरेलु टोलीलाई ५०

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुललाई चेल्सीले १–० ले हराएको छ । गएराति लिभरपुलको मैदानमा भएको खेलमा

सेभिया । उपाधि दावेदार बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सेभिया विरुद्धको सेमिफाइनल खेल समग्रमा

रोम । पोर्चुगिज खेलाडी क्रिश्चियानो रोनाल्डोले क्लब फुटबलमा नयाँ कीर्तिमान बनाएका छन् । उनी इटालियन फुटबल क्लब युभेन्टसबाट क्लब फुटबल