अपहरणकारी समात्‍ने बहादुर प्रहरी

२७ जेष्ठ २०७१, मंगलवार ०८:०४ मा प्रकाशित

काठमाडौं, २७ जेठ । सामाखुसीबाट स्कुलको एउटा बच्चा अपहरण गरेर मोटरसाइकलमा लगेका छन्, तुरुन्त सवारी चेकिङ सुरु गर्नुपर्योा। आइतबार दिउँसो ३ बजेर १५ मिनेट जाँदा राजधानीका धेरै प्रहरीको वाकीटकीमा यस्तो सन्देश आयो।

महानगरीय प्रहरी बिट हलचोक, स्वयम्भुका असई ऋषिराम चपाईं सन्देश सुनेर चनाखो भए। उनले तुरुन्तै ६ जनाको टोली बनाए। हलचोकमै ुचेकप्वाइन्टु थापेर सवारी जाँच सुरु गरे।

अपहरण मोटरसाइकलमा गरिएकाले ध्यान त्यसैमा थियो। आउजाउ गरिरहेका सबै मोटरसाइकलमा उनीहरू चिलको नजर लगाएर बसेका थिए। सार्वजनिक तथा निजी सवारी रोकेर केरकार गर्न पनि छाडेका थिएनन्।

पन्ध्र मिनेट नबित्दै वाकीटकीमा अर्को सन्देश आयो।

बालाजुबाट पास भएको सेतो रङको बा१ज ९७७३ नम्बरको माइक्रो शंकास्पद छ। त्यसमा अपहरित बालकले जस्तै सेतो सर्ट र खैरो रंगको हाफपाइन्ट लगाएको बच्चा छ, चेकिङ कडा बनाउनू।

बालाजु प्रहरी कार्यालयले दिएको यो सन्देशका आधारमा सवारी चेकिङको प्राथमिकता मोटरसाइकलबाट माइक्रोतिर मोडियो।

केही बेरमै त्यही नम्बरको शंकास्पद माइक्रो हलचोक आइपुग्यो। टोली सतर्क भयो। असई चपाईंले माइक्रो रोक्न लगाए।
रोकियो।

उनले ढोका खोलेर यात्रुहरूसँग केरकार थाले।

त्यतिबेलासम्म माइक्रोमा सवार एक बालक मोबाइल खेलेर बसिरहेका थिए। उनको हुलिया अपहरित बालकसँग मेल खान्थ्यो। प्रहरीले सोधपुछ गर्यो । बालकसँगै बसेको एउटा युवक हड्बडायो। उसले हत्तपत्त बालकको हातबाट मोबाइल खोस्यो। सबैलाई ठेलठाल पार्दै माइक्रोबाट बाहिर हाम्फाल्यो।

प्रहरीले त्यहीँ उसको कठालो समातेर पछार्न खोजेका थिए।

सकेनन्।

युवक खरायो गतिमा स्वयम्भु हुलाकघरतिर सुइँकुच्चा ठोक्यो।

एकाएक यात्रु भागेपछि प्रहरीको शंका झन् बलियो भयो। उनीहरूले बालकलाई नियन्त्रणमा लिए। प्रहरी जवान राजकुमार वाग्ले चाहिँ ुसमात् समात्ु भन्दै भगुवा यात्रुलाई

पछ्याउन थाले।

करिब ५ सय मिटर पछ्याएपछि वाग्ले उसलाई अँठ्याउन सफल भए।

उनले त्यो युवकका दुवै हात पछाडि मोडेर च्याप्प समाते। अर्को हातले घाँटी अँठ्याए। घिच्याउँदै चेकप्वाइन्टतिर ल्याए। केही वर आइपुग्दा अन्य प्रहरी सघाउन पुगे। त्यतिबेलासम्म असई चपाईंले माइक्रोका अरू यात्रुलाई सोधपुछ गर्न थालिसकेका थिए। वाकीटकीमार्फत घटनाको सर्कुलर पनि गरे। नागरिक दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

गलकोट । बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद

सिओल । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज कोरियाले रु दुई लाख ८३ हजार ५०० आर्थिक सहयोग

धादिङ । एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन् । त्रिपुरासुन्दरी १ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ