मिर्गौला रोगी गिरफ्तार

२६ जेष्ठ २०७१, सोमबार १७:०२ मा प्रकाशित

काठमाडौँ, २६ जेठ । घण्टाघर नजिकै धर्नामा बसेका मिर्गौला रोगीहरूलाई प्रहरीले आज गिरफ्तार गरेको छ ।

सम्पूर्ण मिर्गौला रोगीलाई निःशुल्क रक्त शुद्धीकरण सेवा निरन्तर दिइनुपर्ने माग राखेर चक्काजाम गर्दै धर्नामा बसेका मिर्गौला रोगीहरूलाई प्रहरीले गिरफ्तार गरी सिंहदरबार वैद्यखानामा लगेको छ ।

मिर्गौला रोगी चिन्तामणि पोखरेल, समीर पोखरेल, अजय शाही, राजु कनैया, सरिता सत्याल, शिव खनाल र यामबहादुर सिजाललगायत करिब ७० जनालाई प्रहरीले गिरफ्तार गरेको हो ।

राष्ट्रिय मिर्गौला पीडित सङ्घ नेपालको अगुवाइमा धर्ना कार्यक्रम आयोजना गरिएको हो । आर्थिक अवस्था अत्यन्त कमजोर भएका मिर्गाैला रोगीले मिर्गाैला प्रत्यारोपण वा औषधि सेवनका लागि महँगो धनराशि खर्चिनुपर्ने हुँदा सरकारले निःशुल्क उपचार गरीदिनुपर्नेलगायत सात सूत्रीय माग राखी उनीहरूले बिहान १० बजे सडकमै धर्ना दिएको थियो ।

सङ्घले प्रत्यारोपण सम्भव भएका बिरामीलाई तुरुन्त र निःशुल्क प्रत्यारोपण गरिदिनुपर्ने, औषधि सेवन तथा विभिन्न प्रयोगशालामा परीक्षण निःशुल्क गर्नुपर्ने र मिर्गौला रोगीलाई अपाङ्गताको सूचीमा राखी गाँस, बास र कपाससहित रोजगारी सुनिश्चित गरिदिनुपर्ने माग राखेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यसमितिको सभापतिमा रुपन्देहीका गोविन्द खनाल निर्विरोध निर्वाचित हुनुभएको छ । शान्ति समाजको यही फागुन

चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी

कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।