दुर्घटनामा एकको मृत्यु, अठार घाइते

२६ जेष्ठ २०७१, सोमबार १९:१० मा प्रकाशित

भद्रपुर, २६ जेठ । तीन वटा सवारीसाधन एकआपसमा ठक्कर खाँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । यस घटनामा एउटै यात्रुबसका १७ यात्रुसहित १८ जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गतको लखनपुर–१ पाडाजुँगी नजिक आज बिहान साढे दश बजे भएको दुर्घटनामा मोटरसाइकल पछाडि बसेकी झापा गौरादह–२ का ३२ वर्षीया लक्ष्मी सङ्ग्रौलाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय विर्तामोडले जनाएको छ ।

मे १ त १४१६ नम्बरको ट्र्याक्टरले मे ५ प १६२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको समयमा विपरीत दिशाबाट आइरहेको को १ ख ३१८८ नम्बरको बसले जोगाउन खोज्दा बस सडकको उत्तरतर्फ पल्टिन पुगेको थियो ।

बसमा सवार १७ जना र एक मोटरसाइकल चालक गम्भीर रुपले घाइते भएका छन् । घाइतेको दमकस्थित अस्पतालका साथै विरानगरस्थित न्यूरो अस्पतालमा उपचारार्थ भर्ना गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यसमितिको सभापतिमा रुपन्देहीका गोविन्द खनाल निर्विरोध निर्वाचित हुनुभएको छ । शान्ति समाजको यही फागुन

चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी

कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।