सेक्सका लागि पुरुषभन्दा महिला उत्तेजित

१ जेष्ठ २०६९, सोमबार २०:०२ मा प्रकाशित

विश्वका धेरैजसो देश पुरुषप्रधान रहेको छ। परिवारदेखि समाजसम्म जताततै पुरुषको मात्र बोलवाला रहेको छ। जसको कारण महिलाहरू चाहेर पनि आफ्नो इच्छा अभिव्यक्त गर्न सकिरहेका हुँदैनन्। पुरुषबाट अपहेलित तथा बहिष्कार हुने डरले महिलाहरू आफ्नो चाहना दबाएर राख्ने गर्छन्। कतिसम्म भने उनीहरू सेक्ससँग सम्बन्धित कुराहरू पनि खुलस्त भन्न सकिरहेका हँुदैनन्। फलस्वरूप पुरुषभन्दा महिलाहरू सेक्सको मामलामा निकै कम इच्छा राख्छन् भन्ने छाप जनमानसमा परेको हुन्छ। हुन पनि सेक्स भन्नासाथ महिलाहरू लजाउने भएकोले पनि यसो भनिएको हुन सक्छ। तर हालै लन्डनमा भएको एक अध्ययनले यो कुरा गलत भएको प्रमाणित गरेको छ। सेक्सको लागि पुरुषको तुलनामा महिलाहरू ज्यादा उत्तेजित हुने अध्ययनको निष्कर्ष छ। अध्ययनमा सहभागी डा. लुथरका अनुसार असीमित यौन चाहना हुँदाहुँदै पनि सामाजिक परिवेशका कारण महिलाहरू त्यसलाई दबाएर राख्न बाध्य हुन्छन्। त्यसैगरी, एउटा पुरुषलाई कुनै सुन्दर युवतीको कल्पनामा डुबेर उत्तेजित हुन औसत २० मिनेट लाग्ने तर महिला चाहिँ सुन्दर पुरुषलाई सम््झेको १० मिनेट बित्न नपाउँदै पूर्ण उत्तेजित हुने अध्ययनको दाबी छ।

अनार खानोस्, सेक्स पावर बढाउनुस्
सेक्स गर्ने चाह सबैलाई हुन्छ। हरेक दिन सेक्सको कल्पनामा नडुब्ने मान्छे पनि सायदै कोही होला। अझ खुलेरभन्दा आफूलाई मन परेको मान्छेसँग सेक्स गरेको सम्झँदामात्र पनि मुखबाट पानी आउँछ। थोरै भए पनि आनन्द आउँछ। तर कहिलेकाहीँ कस्तो भइदिन्छ भने आफूले चाहेको मान्छेसँग सेक्स गर्ने वातावरण मिल्दा पनि सेक्स गर्न सकिन्न। यदि जसोतसो गरियो भने पनि आफ्नो पार्टनरलाई सन्तुष्ट पार्न सकिन्न। त्यो जति नमीठो पल अरू कुन होला र? यस्तो समस्या सेक्स पावर कम हुँदा धेरै आउने गरेको छ। जसले धेरैलाई पीडा दिएको छ तर अब भने यसबाट मुक्ति पाइने भएको छ। हालै भएको एक अध्ययनले सेक्स पावर बढाउने एक अचुक उपाय निकालेको छ। अध्ययनको दाबी छ कि एक गिलास अनारको जुस खाने हो भने सेक्स पावर ह्वात्तै बढ्छ। त्यसो त अनारको जुन खाँदा क्षणिकरूपमा मात्र होइन् कि दीर्घकालीन रूपमै सेक्स पावर बढाउने बताइएको छ। एडिबर्ड क्विन मार्गरेट युनिभरसिटीका अनुसन्धानकर्ताहरूका अनुसार दैनिक एक गिलास अनारको जुस पिउँदा टेस्टोस्टेरोन हर्मोनको स्तर बढाउँछ, जसले गर्दा महिला, पुरुष दुवैमा सेक्स पावरको वृद्धि हुन्छ। यस्तै, जुसको सेवनले सेक्सप्रति अधिक इच्छा पनि बढ्ने दाबी गरिएको छ।

सेक्समा पनि पुरुष स्वार्थी
हाम्राे समाजको सामान्य विश्लेषण गर्ने हो भने पनि महिलाहरूको तुलनामा पुरुषहरू ज्यादा स्वार्थी रहेको देखिन्छ। आफ्नो काम पूरा नभइन्जेल महिलालाई निकै भाउ दिने र पूरा भए पनि ‘वाल’ नदिने पुरुषहरूको साझा वानी हो। कतिसम्म भने सेक्सको मामलामा पनि पुरुषहरू निकै स्वार्थी हुने गरेको पाइएको छ। हालै एक विश्वविद्यालयले फ्रान्स, बेलायत, स्पेनलगाएतका देशहरूमा गरेको अन्तर्राष्ट्रिय अध्ययनले पुरुषहरूमा अत्यधिक स्वार्थीपना रहेको पत्ता लगाएको हो। पुरुषहरू सेक्सप्राप्तिको लागि हदैसम्म गिर्ने र प्राप्त भइसकेपछि महिलाको भावनामाथि खेलबाड गर्ने गरेको अध्ययनको दाबी छ। कतिसम्म भने अध्ययनले सेक्स गरिरहेको बेलामा पनि पुरुषको स्वार्थीपना प्रष्टिने गरेको बताएको छ। सो अध्ययनमा सहभागी संग्रेसा लुसाको अनुसार पुरुषहरूको यही स्वार्थीपनाको कारण सम्बन्धमा समस्या आइरहेको छ। उनले सम्बन्धविच्छेदको प्रमुख कारण पनि सेक्सको मामलामा पुरुषले महिलालाई खुसी बनाउन नसकेर हो भनेकी छिन्। लभगभ चार हजार जोडीको बीचमा गरिएको अध्ययनमा सहभागी अधिकाशं महिलाले आफ्नो श्रीमान् तथा यौनसाथीसँग असन्तुष्टि रहेको तीतो अनुभव पोखेका थिए।

महिलाभन्दा पुरुष आकर्षक!
महिला र पुरुषमा को आकर्षक हुन्छ? भन्ने प्रश्नमा धेरैको जवाफ महिला नै हुन्छ। किनभने महिलाहरू आफू राम्री देखिन हदैसम्मको प्रयास गर्छन्। दैनिक पार्लर धाउने हो कि घरमै मेकअप गर्ने हो? त्यो महिलाअनुसार फरक–फरक होला तर सबै महिलाहरू आकर्षक बन्न कुनै कसर राख्दैनन्। जबकि धेरै पुरुषहरू आफ्नो सुन्दरतामा कति पनि ध्यान दिँदैनन्। उनीहरू न खानामा धेरै ध्यान दिन्छन् न लाउनमा नै। त्यसैले पनि पुरुषको तुलनामा महिलाहरू ज्यादा आकर्षक हुन्छन् भन्ने मान्यता रहेको छ। तर अब भने यो मान्यताले फेल खाने भएको छ। एक नयाँ अध्ययनले पछिल्लो केही समययता महिलाको तुलनामा पुरुषहरू आकर्षक बनिरहेको निष्कर्ष निकालेको छ। अध्ययनले भनेको छ कि, महिलाहरूलाई पट्याउने क्रममा सुन्दर हुनु अनिवार्य भएकोले पुरुषहरू पनि आफ्नो सुन्दरता बचाउन विशेष ख्याल राख्न थालेका छन्। आफ्नो जीवनसाथी तथा गर्लफ्रेन्डको लागि राम्राे बनिरहन भए पनि पुरुषहरू आकर्षक हुन थालेको अध्ययनको दाबी छ। अझ अविवाहितभन्दा विवाहित पुरुषहरू ज्यादा आकर्षक हुने र आफ्नो ‘लुक्स’मा धेरै ध्यान दिने गरेको पाइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

रातको ११ बज्नै लागेको थियो कान्ताको फोन आयो। मैले फोन उठाएँ। “के गर्दै हुनु हुन्छ हजुर? सुत्ने बेला भएन र?

चल्यो यो कस्तो समयमा विश्व महामारी । भयो संसारलाई थेग्नै नसक्ने संकट भारी। चिन्दैन ओहोदा न चिन्छ रास्ट्रको शक्ति, त्रसित

निरोज कुमार थापा, काठमाडौँ, ११ भदौ । काठमाडौँ महानगरपालिकाले सिनेमा घरहरुलाई कर तिर्न १५ दिनको म्याद दिएको थियो । तर

अर्जुन भुसाल, काठमाडौँ ९ भदौ । आधुनिक कलाकार समाज (सोमा)ले बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजना गरेको चित्रकला प्रदर्शनीमा शङ्करराजसिंह सुवालले