‘ग्रामीण क्षेत्रमा बैंकिङ सेवा बढाउने मौद्रिक नीति बनाउ’

२५ जेष्ठ २०७१, आईतवार १७:२५ मा प्रकाशित

काठमाडौं, २५ जेठ । संसदीय समितिले नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति तर्जुमा गर्दा देशमा तरलता र विदेशी विनिमय व्यवस्थापन गर्दै कृषिलगायत उत्पादनशील क्षेत्र, विपन्न वर्ग र ग्रामीण क्षेत्रमा बैंकिङ सेवा बढाउने विशेष ध्यान दिन निर्देशन दिएको छ ।
व्यवस्थापिका–संसद् अर्थ समितिको आज सिंहदरबारमा बसेको बैठकले मौद्रिक नीतिको सैद्धान्तिक र व्यावहारिक पक्षको बारेमा जानकारी समेत लिएको छ ।
बैठकले देशको समग्र आर्थिक वृद्धि हासिल गर्न समितिमा उठाइएका कुरालाई कार्यान्वयन गर्न निर्देशन दिएको छ । बैठकमा सभासदले गरिब, विपन्न र पिछडिएका वर्ग, कृषिसहित उत्पादनशील क्षेत्रमा बैंकिङ सेवा तथा लगानी बढाउन सुझाव दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारको स्वामित्वमा सञ्चालित हेटौडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित घ्यू जापानमा निर्यात हुन थालेपछि माग समेत बढेको छ । आयोजनाका प्रमुख

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार

काठमाडौं । आफूलाई घरखर्च चलाउन वा कुनै व्यावसायिक काम गर्नका लागि तपाईंले बैंक तथा वित्तीय संस्थामा धाएर नै जानुपर्ने बाध्यताको

काठमाडौं । कोरोना महामारीको प्रभाव कम हुँदै जाँदा विदेशी वस्तुको आयातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार