राजदूत नियुक्त गर्न सरकारलाई सुझाव

२५ जेष्ठ २०७१, आईतवार २०:३० मा प्रकाशित

काठमाडौं, २५ जेठ । सभासदहरुले आसन्न सार्क शिखर सम्मेलनलाई ध्यान राखेर राजदूत नियुक्तिको कामलाई अघि बढाउन सरकारलाई सुझाव दिएका छन् ।
व्यवस्थापिका–संसद अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आज सिंहदरबारमा बसेको बैठकमा राजदूत रिक्त रहेका सार्क देशलाई पहिलो प्राथमिकता दिएर नियुक्ति गर्नु पर्ने सभासदहरुले सुझाव दिए ।
‘सार्कको तयारी कछुवा गतिमा भइरहेको छ । तर मुलुकको साख, इज्जत र प्रतिष्ठा बढ्ने गरी यसको कामलाई तीव्रता दिएर सार्कमा खाली भएका देशमा राजदूत नियुक्तिलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ,’ सभासद एवं एमाले नेता माधव नेपालले भने ।
सभासदहरुले राजदूत नियुक्तिको मापदण्ड बनाउँदा शैक्षिक योग्यता, अनुभव र विज्ञतालाई आधार बनाउनुपर्ने र राष्ट्रको इज्जत प्रतिष्ठा बढाउने क्षमताको हुनुपर्ने पनि बताए ।
परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले परराष्ट्रसम्बन्धी नीति निर्माण तथा कार्य सम्पादन गर्दा सभासदले दिएको सुझावको सरकारले कदर गर्ने बताए । उनले नेपालको राष्ट्रहित हुने गरी कूटनीतिक क्रियाकलाप हुनुपर्नेमा जोड दिँदै आर्थिक कूटनीतिलाई अघि बढाउने विषयलाई संविधानमा समेत समेट्नुपर्ने धारणा राखे ।
मन्त्री पाण्डेले राहदानी वितरणलाई सहज र सरल बनाउने कामका लागि निवेदन लिन तीन काउन्टर बढाएर नौ पुराइएको बताए । उनले राहदानीका लागि महिला, वृद्ध, केटाकेटी र अपाङ्गका लागि विशेष व्यवस्था गरिएको बताए ।
राहदानी लिन दैनिक छ हजार निवेदन आउने गरेको भए पनि आठ हजार राहदानी तयार गर्न सकिने क्षमता परराष्ट्र मन्त्रालयसँग रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा गृहमन्त्री